सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

 न्यूज विराट
सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलाई तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्।
सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाका अनुसार, दुवै आरोपीलाई विराटनगरबाट पक्राउ गरी सुनसरी ल्याइएको छ। प्रहरीले यस घटनामा पाँच जनाको संलग्नता रहेको बताएको छ, जसमध्ये तीन जना अझै फरार छन्।
प्रहरी स्रोतका अनुसार, गोली चलाउने मुख्य आरोपी कामेश्वर यादव हुन्, जो हालसम्म फरार रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, यो घटना आर्थिक लेनदेनको विवादका कारण घटेको हो।
पक्राउ परेका रविन यादव यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका थिए। उनी एक महिना अगाडि लागूऔषध मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन्।
बेलुकी ६:३० बजेतिर देवानगन्जमा तीन राउन्ड गोली चलेको थियो। गोली लागेर देवानगन्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता र रविन कुमार यादव घाइते भएका थिए। शिवकुमारको अवस्था गम्भीर रहेको छ, उनको पेटमा गोली लागेको र हाल विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले फरार रहेका अन्य आरोपीहरूको खोजी तीव्र पारेको जनाएको छ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१९ संक्रमित थपिए

विराटनगर, २७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा तीन सय ४४, मोरङमा ५६, झापामा सात, उदयपुरमा छ, संखुवासभामा तीन, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका...

विराटनगरको नोबेल अस्पतालका डाक्टर मृत अवस्थामा भेटिए, हत्याको आशंका

विराटनगर, १९ चैत । विराटनगर स्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर बिजय यादब मृत भेटिएका छन् । सप्तरिको राजविराज घर भइ विराटनगरमा बस्दै आएका २८ बर्षिय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन्...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका संचालक सडकमा

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...

कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो । वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको...

विराट गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा आर्मी र कोलकाताको साउथर्न क्लब भिड्ने

विराटनगर । ९ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको टाइसिट सार्वजानिक भएको छ । विराटनगर सहिद रंगशालामा फ्लडलाइट्सको माध्यमबाट हुने रात्रिकलीन फुटबल प्रतियोगिता फागुन १९ गते उद्घाटन हुने भएको छ । उद्घाटन खेलमा विभागीय टिम...

डाक्टर र नर्समा कोरोना देखिएपछि कोशी अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल

विराटनगर, साउन १२–विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल गरिएको छ । आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको...

संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल

काठमाडौं, २३ असोज-कोरोना पोजिटिभ आएको व्यक्ति आइसोलेसनमा नबसे सरकारले ६ महिना जेलमा हाल्ने भएको छ । पोजिटिभ आएका संक्रमित बाहिर हिडेको सूचना आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ती संक्रमतिलाई कारबाही गरिने...

सिलाइ सेन्टरमै बन्न थाले गुणस्तरहीन मास्क

काठमाडौं, फागुन २७–नेपालमा कोरोनाको त्रास बढेसँगै बजारमा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव देखिएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले चरम अभाव खेपिरहेका छन् । बजारमा मास्कको माग बढेपछि अहिले विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्