प्रधानमन्त्री भन्छन् : कोरोना फैलिएको देख्दादेख्दै लकडाउन खोल्ने कुरै हुँदैन

 न्यूज विराट
प्रधानमन्त्री भन्छन् : कोरोना फैलिएको देख्दादेख्दै लकडाउन खोल्ने कुरै हुँदैन

काठमाडौं, २९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्समार्फत कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन् । सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भइएको भर्चुअल छलफलका क्रममा प्रधानमन्त्रीले प्रदेशमा भइरहेका कार्यहरू सकारात्मक रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताए ।

छलफलका क्रममा उनले कोरोना संक्रमणलाई फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पारे । सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि अनुरोध गरे ।

उनले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फ्ड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताए ।

लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्दै उनले जोड दिए । ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन’ उनले भने । यसमा नरम बनेर लापरबाही नगर्न पनि उनले सबैलाई सचेत गराए ।

सम्बन्धित समाचार

सांसद अपहरणको छानविन गर्न विपक्षी ४ दलको माग

काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।...

तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो । कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो...

प्राबिधिक जनशक्त्तिलाई स्वदेशै रोजगार दिन उद्योगहरुलाई विश्वविद्यालयको आग्रह

विराटनगर । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर...

लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...

अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द

एजन्सी, बैशाख ७संयुक्त राज्य अमेरिका र क्यानडाबीचको सीमा अझै एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडाले दुई देशबीचको सीमा अझै एक महिना बन्द रहने जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमण...

प्रचण्ड-माधव समूहले ओलीसँग स्पष्टीकरण माग्ने, विष्णु पौडेललाई कारबाही गर्ने

काठमाडौं, २ माघ-नेकपाको प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको...

जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव

जनकपुर, २२ वैशाख-धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका-९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले...

मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्