मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन - News Birat

मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन

न्यूज विराट
काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय समिति बनाउने निर्णय भएको हो ।

समितिले मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन, भविष्यमा कसरी लगाने गर्ने, कुन मोडेलबाट लगानी गर्ने, कस्तो संरचना गर्ने भन्ने बारेमा अध्ययन गरेर तुरुन्तै रसायनिक मलको कारखाना खोल्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles