कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

विराटनगर, ९ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६ जनासहित मोरङमा थप ११ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चार, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल, न्यूरो अस्पताल र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक÷एक जनाको मृत्यु भएको हो ।

बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान विराटनगर महानगरपालिका– १३ का ७० वर्षीय पुरुष, विराटनगर– १० की ६३ वर्षीय महिला, विराटनगरका अर्का ५५ वर्षीय पुरुष र सुनसरीको इनरुवा– १ का ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालका कोभिड १९ फोकल पर्सन सुनिल देवले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित नोवेल क्षिण अस्पतालमा शनिबार राति विराटनगर– २ का ९१ वर्षीय पुरुष, झापाको अर्जुनधारा–११ का ५२ वर्षीय पुरुष, सप्तरी महादेवा २ की ६० वर्षीय महिला र धरान– १५ की ५५ वर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै विराटनगरकै कोसी अस्पतालमा धनकुटाको धनकुटा नगरपालिका– १ का ५३ वर्षीय पुरुष, न्यूरो अस्पतालमा विराटनगर–७ का ३३ वर्षीय पुरुष र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर–३ का ७६ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको अस्पतालहरुले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा २१ वर्षपछि नेपथ्य, उत्रियो जनसागर (फोटो फिचर)

विराटनगर । नेपाली सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले विराटनगरमा आयोजित कन्सर्टमा धमका मच्चियो । कार्यक्रममा यसपटक कीर्तिमानी दर्शकको उपस्थिति थियो । विराटनगरस्थित हाटखोला मैदानमा भएको कन्सर्टमा नेपथ्यको सांगीतिक...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

मेडिकल सामग्री खरिदका लागि सेनाले पठायो ५ देशलाई पत्र

नेपाली सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस (कोभिड- १९)को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री सेनालाई खरिद गर्ने जिम्मा दिएको १० दिनपछि सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको...

विराटनगरको आरोहण गुरुकुलमा नाटक ‘सन्ध्या’ मञ्चन हुँदै

विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा भोलिदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका...

राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरो : सदस्यसचिव वाग्ले

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा यस क्षेत्रको सोचेजस्तो विकास हुन नसेको बताएका छन् ।विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै...

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । तर दक्षिण अफ्रिकासँग गए...

अघिअघि टेलिकम, पछिपछि एनसेल

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्