राशिफल

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

 न्यूज विराट
बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् ।

तर दक्षिण अफ्रिकासँग गए राति खेलिएको खेलमा अनुष्कासँग भमिका देखिएकी थिइन् । मैदानमा विराटको खेलको हुटिङ गर्ने क्रममा दर्शकदिर्घामा रहेकी छोरीसँग अनुष्काको तस्वीर खिचिएको हो ।

यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि पनि विराट र अनुष्काले त्यसलाई प्रकाशन नगरिदिन अपिल गरेका छन् ।

छोरीको गोपनीयता र स्वतन्त्रतालाई ख्याल राख्ने भन्दै विराट-अनुष्का जाेडीले उनको तस्वीर सार्वजनिक गरेका थिएनन् । उनीहरूले अहिले पनि आफूहरू उक्त निर्णयमा अडिग रहेकोले सहयाेग गर्न फाेटाेपत्रकार र सञ्चारमाध्यम लगायतसँग अपिल गरेका छन् ।

सम्बन्धित समाचार

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...