कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

 न्यूज विराट
कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये ०.६ प्रतिशत संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

त्यस्तै, संक्रमणबाट गम्भीर रहेका ३९८ जना भेन्टिलेटरमा रहेका छन् । ३३५ जना आईसीयू र ६३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घन्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, आज ३ हजार ४३ जना डिस्चार्ज भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

सम्बन्धित समाचार

प्याब्सन विराट कपको फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल भिड्ने

विराटनगर । विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमी र डनबस्को स्कुल दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीले सेन्टजोसेफ स्कुललाई २–१ गोलले पराजित...

भोलिसम्म एसईईको परीक्षा तालिका प्रकाशित गर्ने

काठमाडौं, माघ २६।  राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँकाअनुसार आउँदो बैशाख...

आज मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही

काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो...

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडमा नयाँ टर्मिल भवन

विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...

मत्स्य जोन मोरङको संयोजकमा चौधरी

विराटनगर/ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मत्स्य जोन सञ्चालक समिति मोरङको संयोजकमा देबराज चौधरी चयन भएका छन् । समितिको विराटनगरमा बसेको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको हो । चौधरी यसअघि समितिको सचिब रहेका थिए...

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार,...

सगरमाथामा एसइइ परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।यस वर्षको एसइइ परीक्षा दिने १ सय २५ जना विद्यार्थीहरुलाई स्कुलले मंगलबार एक कार्यक्रम...

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्