मेडिकल सामग्री खरिदका लागि सेनाले पठायो ५ देशलाई पत्र

 न्यूज विराट
मेडिकल सामग्री खरिदका लागि सेनाले पठायो ५ देशलाई पत्र

नेपाली सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस (कोभिड- १९)को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री सेनालाई खरिद गर्ने जिम्मा दिएको १० दिनपछि सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको हो ।

यसका लागि नेपाली सेनाले रक्षा मन्त्रालयको अनुमतिले परराष्ट्र मन्त्रालयमार्फत् ५ वटा देशलाई पत्र पठाइसकेको जनाएको छ । सामान खरिद प्रक्रियाका लागि सेनाले पहिलो चरणमा ५ देश चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुर र इजरायललाई पत्र पठाइएको सेनाका प्रवक्ता सहाक रथी विज्ञानदेव पाण्डेको भनाइ छ ।

पाण्डेका अनुसार पहिलो चरणमा ५ देशमध्ये जुन देशले पहिला सामान उपलब्ध गराउँछ, त्यही देशबाट सामान खरिद हुनेछ । १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनामार्फत् सरकार-सरकार (जीटुजी)मार्फत् स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा दिएको थियो ।

यसअघि स्वास्थ्य मन्त्रालयले ओम्नी इन्टरनेसनलमार्फत् १ अर्ब रुपैयाँभन्दा बढीको मेडिकल सामग्री ल्याउन सम्झौता गरेको थियो । सम्झौताअनुसार ओम्नी समूहले मेडिकल सामग्री नल्याएको र चीनले अनुदानमा उपलब्ध गराएका उही सामग्रीको तुलनामा १८ गुणासम्म महँगो परेपछि खरिद प्रक्रिया विवादमा परेको थियो ।

सम्बन्धित समाचार

विराटनगर विमानस्थलमा ‘हेल्थ डेक्स’ स्थापना

विराटनगर, फागुन २८–कोरोना भाइरसको परामर्श तथा प्राथमिक परिक्षणका लागि विराटनगर विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने गरि हेल्थ डेस्कको स्थापना गरिएको...

तिजमा संगिनी प्रतियोगिता

विराटनगर । हरितालिका तिजको अवसरमा सोलुखुम्बुको नेचासल्यान गाउपालिका– २ को नवज्योती महिला समूहले आयोजना गरेको खुल्ला संगिनी नृत्य प्रतियोगितामा वीपी संस्कृत मावि समूह प्रथम भएको छ । सो समूहमा नृत्यतर्फ नानीमैया आचार्य,पुषणा निरौला,रमिला कार्की र...

बराक ओबामासहित प्रतिष्ठित व्यक्तिको एकाउन्ट ह्याकिङको अनुसन्धान गर्दै ट्विटर

एजेन्सी, साउन १-विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका...

जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताउनुभको छ । आफूलाई भेट्न आइपुगेको वागमति प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर, १९ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा तीन, धनकुटा र इलाममा दुई÷दुई र प्रदेश...

नाट्यकला परिषदमा डोमी कामत

विराटरनगर । स्थानीय स्तरमा सवै भाषा भाषिका कविहरु बिच आपसी भाईचारको माध्यमले कला संस्कृतिलाई जर्गेना गर्ने विराट मैथिल नाट्य कला परिषदको अध्यक्षमा डोमी कामत चयन भएका छन् ।पूर्व निर्धारित कार्यक्रम मासिक काब्य गोष्ठीको अवसरमा आयोजना...

आर्या न्यूरोमा निःशुल्क ओपीडि, विरामीलाई राहत

विराटनगर । विराटनगर–३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुबाट निःशुल्क ओपीडी सेवा सुरु भएको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरी बिरामीको मन जित्दै आएको हस्पिटलले दुई वर्षदेखि विशेषज्ञ ओपीडी सेवा निःशुल्क गरेको हो...

कोरोनाबाट काठमाडौंका २० वर्षीय पुरुषसहित आठ जनाको मृत्यु

काठमाडौं, १० असोज-पछिल्लो २४ घण्टाको अवधिमा आठ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंका दुई पुरुषसहित आठ संक्रमितको निधन भएको हो । कोरोना संक्रमणबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्