राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरो : सदस्यसचिव वाग्ले

 न्यूज विराट
राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरो : सदस्यसचिव वाग्ले

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा यस क्षेत्रको सोचेजस्तो विकास हुन नसेको बताएका छन् ।
विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरेका हुन् ।

मुलुक संघीय ब्यवस्था गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक बजेटसमेत उपलब्ध गराउन नसकेको सदस्यसचिव वाग्लेले बताए । उनले भने, ‘खेलकुदलाई सक्रिय बनाउँदै, खेलाडी उत्पादन र राष्ट्र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन आवश्यक बजेटको माग प्रधानमन्त्रीसमक्ष समेत गरेका थियौं । खेलकुदलाई पुराना अवस्थाबाट बाहिर निकाल्दै विकासित गर्न पहल गरिदिन माग गरेका थियौं । तर सोचे जस्तो हुन सकेन । हामीलाई सरकारले राखेको बजेटका १ प्रतिशत रकम मात्र निकासा गरिदिए हुने थियो । तर, त्यो समेत हुन सकेको छैन ।’
सीमित बजेट दिएर खेलकुदको विकास र खेलाडी उत्पादन गर्न निकै गाह्रो हुने गरेको बताएका सदस्यसचिव वाग्लेले खेललाई चलायमान बनाउन सबैले सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे । यद्धपी उनले आउँदो मंसिर र पुषभित्र प्रदेशमा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए ।

कोशी प्रदेशमा बास्केटबल संघ गठन

कार्यक्रममा बास्केटबलका केन्द्रीय अध्यक्ष भीमसिंह गुरुङले सात प्रदेशमध्ये कोसी प्रदेशबाट प्रदेशस्तरीय संघ गठनको सुरुआत भएको जानकारी दिए । केन्द्रीय महाधिवेशनको तयारीका क्रममा संघ रहेको बताएका अध्यक्ष गुरुङले प्रदेशमा संघ गठन गर्ने कोसी पहिलो भएको उल्लेख गरे ।
उनले विराटनगरका मनिष गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको बताए । कार्य समितिमा उपाध्यक्ष दिव्यराज गुरुङ, रोशन राई, सचिवमा सरोज लम्साल, कोषाध्यक्षमा प्रविन राउत रहेका छन् ।

सम्बन्धित समाचार

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

जनकपुरधाम उपमहानगरको मूलद्वारमा फोहोर फालेर विरोध

जनकपुरधाम, ६ साउन-जनकपुरधाम उपमहानगरपालिकाको मुख्य बजार नै फोहोरको ढंगुर बनेपछि स्थानीय युवाले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन् । उनीहरूले नगर क्षेत्रको फोहोरहरू ट्याक्टरमा संकलन गरेर कार्यालय परिसर अगाडि थुपारेर विरोध प्रदर्शन गरेका...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, जेठ १५-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट...

हेर्दाहेर्दै नेपालमा फलफूलदेखि दूधसम्म किनेर खानुपर्ने अवस्था आयो : मन्त्री भुसाल

काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताएका छन् ।एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४०...

कोरोनाको नमुना परीक्षणका लागि बिपी प्रतिष्ठानलाई किट पठाउँदै सरकार

सरकारले कोरोना भाइरसको नमुना परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई किट पठाउने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार बेलुका भर्जुयल प्रेस मिटमार्फत कोरोना भाइरस नमुना परीक्षणका लागि प्रतिष्ठानलाई किट पठाउन लागिएको बताएका...

सुनसरीको सिमरियामा दुर्घटना, तीन जनाको मृत्यु

विराटनगर, ६ माघ । सुनसरीको दुहवी इनरुवा खण्ड अन्र्तगत सिमरियामा दुर्घटना परी ३ जनाको ज्यान गएको छ । माईक्रोले मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा एक महिला सहित तीन जनाको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ...

महालक्ष्मी नगरपालिकाले ५ सय जनाको कोभिड-१९ परीक्षण गर्ने

काठमाडौं, ३ जेठ-ललितपुरको महालक्ष्मी नगरपालिकाले रेड जोनका जिल्लाबाट आएका व्यक्तिहरूको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ । नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो । नगरकालिकाले ४ र ५ जेठमा उक्त...

गुरुङ समुदायले मनाए विराटनगरमा तमु ल्होसार पर्व (फोटो फिचर)

विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्