२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

 न्यूज विराट
२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो ।

महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । योसहित अब साविकबमोजिम भारतका तीनवटै गन्तव्य नयाँदिल्ली, मुम्बई र बैंलोरमा निगमको नियमित उडान हुनेछ ।

सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैङ्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन । अध्यक्ष अधिकारीका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा साताको दुई दिन हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ । त्यसैगरी बैङ्लोर गन्तव्यमा पनि डिसेम्बर १८ तारिखदेखि साताको दुई दिन हरेक शनिबार र मङ्गलबार उडान हुनेछ । दुवै गन्तव्यका लागि छिट्टै टिकटको बुकिङ पनि खुला गरिनेछ ।

काठमाडौँ–बैङ्लोर–काठमाडौँको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आउने गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडान तथा उडान सङ्ख्या बढ्ने भएकाले अब नेपाल आउने भारतीय नागरिक बढ्ने अनुमान गरिएको छ । नेपाल एयरलाइन्सको बैङ्लोरकी स्टेसन म्यानेजर रीतादेवी राईले भारतबाट नेपाल आउन चाहने धेरैभन्दा धेरै धार्मिक यात्रु प्रतीक्षारत रहेको बताउनुभयो । उहाँले एक दुई दिनभित्रै अग्रिम बुकिङ खुलाइने जानकारी दिनुभयो । बैङ्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेकाले यो गन्तव्यको व्यापार पनि राम्रो हुने म्यानेजर राईको भनाइ छ ।

दिल्लीमा सात उडान थपियो

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा सात उडान थप्ने भएको छ । कोभिड महामारीपछि उडान स्थगित भएको केही समयपछि एयर बबल सम्झौताअनुसार सुरुमा साताको दुई तथा हाल दैनिक एक उडान गर्दै आएको नेपाल एयरलाइन्सले अब दैनिक दुई उडान भर्ने तयारी गरेको एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले अब दैनिक दुई उडान गर्ने गरी हाल भइरहेका सातामा सात उडानलाई १४ बनाउन लागिएको जानकारी दिनुभयो । एयरलाइन्सको व्यापारिक हिसाबले नयाँ दिल्ली महत्वपूर्ण मानिन्छ । यो गन्तव्यमा दुइतर्फी यात्रुको चाप रहन्छ ।

दुबईमा पनि उडान थपिँदै

नेपाल एयरलाइन्सले दुबई गन्तव्यमा पनि उडान थप्ने भएको छ । दुबईमा पनि सातामा सात उडान भइरहेकामा अब थप दुई उडान थपेर सातामा नौ उडान सञ्चालन गरिनेछ । यो गन्तव्यमा डिसेम्बर ५ तारिखदेखि दुई उडान थप गरिने एयरलाइन्सले जनाएको छ ।

साउदी अरेबियामा पनि छिट्टै उडान

नेपाल एयरलाइन्स नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अध्यक्ष अधिकारीका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्नेगरी तयारी भइरहेको छ । जिएसए छनोट भई त्यहाँको सिभिल एभिएसनबाट उडान अनुमति लिने प्रक्रिया करिब अन्तिम चरणमा रहेकाले ढिलोमा महिना दिनभित्रै उडान सञ्चालन गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन् । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो । पछिल्लो विवरण अनुसार विश्वका २०३...

तरकारी बेच्ने वडाध्यक्षको नयाँ तरिका

विश्वव्यापी महामारीरूपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणप्रति सजगत अपाउँदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरूपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ । जनकपुरधाम वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको अगुवाइ तथा पहलमा आफ्ना वडावासीलाई दैनिक...

एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...

कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने

काठमाडौं, माघ २४नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । संसदीय दलका उपनेता समेत रहेका नेता विजयकुमार...

मोरङको धनपालथानस्थित उखुबारीमा हत्या प्रकारणःथप दुई जना पक्राउ

विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको...

सार्कमा कोरोना बहसः पाकिस्तानका प्रधानमन्त्री अनुपस्थित

काठमाडौं, चैत २–सार्क मुलुकका सरकार प्रमुख अहिले भिडियो कन्फ्रेन्सिङमार्फत छलफल गरिरहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा केन्द्रित छलफलमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने अनुपस्थित छन् । छलफलमा नेपालका प्रधानमन्त्री...

सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

काठमाडौं, १५ पुस । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो । लाइसेन्स...

प्रधानमन्त्री ओलीलाई देउवाको टेलिफोन

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन् । उनले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरूपले गरेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्