प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

 न्यूज विराट
प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

मन्त्री आङ्बुहाङलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले र पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री राई, प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, संघीय सरकारका  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, प्रदेश सरकारका मन्त्रीलगायतको उपस्थिति रहेको थियो ।

मन्त्री आङ्बुहाङलाई नेकपा (माओवादी केन्द्र)को कारबाही गरेको थियो । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार माओवादीबाट एमाले प्रवेश गरेका आङ्बुहाङलाई मन्त्री नियुक्त गरिएको जनाइएको छ ।

निर्वाचित भएको दलत्याग गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई संसद्‍बाट हटाउन सभामुखलाई पत्र पठाएको थियो । सोही पत्रअनुसार सभामुख भण्डारीले बिहीबार प्रदेशसभाको बैठकमा आङ्बुहाङलाई सांसदबाट हटाउन माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको पत्र पढेर सुनाएपछि उनी सांसद पदबाट मुक्त भए । सांसद पदमुक्त भएपछि उनको मन्त्री पदसमेत स्वतः गुमेको थियो । मख्यमन्त्रीले पुनर्नियुक्ति दिएपछि उनी अब ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछन् ।

सम्बन्धित समाचार

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, माघ १०–सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन...

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

इलाम,  २ असोज-इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । ५ जनाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।  कोरोनाका कारण बिरामीलाई औषधि...

कांग्रेसको निष्कर्षः बजेटले कोरोनाबाट प्रभावित जनताको रक्षा गर्न सक्दैन

काठमाडौं, १६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको...

अनुशासन नभएका ब्यक्ति खेल क्षेत्रमा नबस्नुस् : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् ।  कुनै ओहदामा भएर...

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित २५ जनाले जिते कोरोना, निको हुनेको संख्या १ सय १२ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप २५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १ सय १२ पुगेको छ । पर्साका छप्कैयाका एकै परिवारका १८ जना...

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन २४ कात्तिक-भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...

अध्यादेश : राष्ट्रप्रमुख गोटी भएको शेखर कोइरालाको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोरोना भाइरस संक्रमणको घडीमा सरकार नागरिकको जीवन रक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन् । उनले नागरिकको रक्षा गर्न र एकताबद्ध हुनुपर्ने बेला उल्टै लकडाउनको अवसर छोप्दै राजनीतिक...

ट्रम्पले विदेश मन्त्रालयका उच्च अधिकारी बर्खास्त गरेकोबारे अनुसन्धान हुने

एजेन्सी, जेठ ४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका आइजी (इन्सपेक्टर जनरल) स्टिभ लिनिकलाई बर्खास्त गरेको घटनाको छानबिन हुने भएको छ । डेमोक्रेट सांसदहरुले ट्रम्पले नियामक निकायका अधिकारीलाई ट्रम्पले निहीत स्वार्थका लागि बर्खास्त गरेको आरोप लगाउँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्