राशिफल

अनुशासन नभएका ब्यक्ति खेल क्षेत्रमा नबस्नुस् : केपी ओली

 न्यूज विराट
अनुशासन नभएका ब्यक्ति खेल क्षेत्रमा नबस्नुस् : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् ।  कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले ईमान्दारीताको साथ  कर्मले सफता प्राप्त हुने बताए । विराटनगरमा आईतबारदेखि शुरु भएको नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनलाई सम्बोधन गर्दै ओलीले पद पाउने कुरामा होडमा नलागी  कामको उत्कृष्टतामा लाग्न आग्रह गरे । ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाई रहन्छ ।’
छेलो खेलेर , घुयत्रो हानेर, गिर खेलेर आएका पुर्खाका सन्तान भएकोले खेलमा जित्छु भन्दापनि हार्ने डर नेपाली खेलाडीमा रहेको बताए ।  खेलका गतिबिधि हुन नसकेको सुनाउँदै ओलीले पार्टीको समस्या र झमेला अन्त भएपछि नेपाल खेलकुद महासंङले गति लिएको उल्लेख गरे । महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रीत हुनु पर्ने बताए ।   खेल क्षेत्रमा देखिएका समस्या समाधान र खेल क्षेत्रको विकास गर्न एमालेले मद्दत गर्ने ओलीले आश्वासन दिए ।
‘खेलको अभ्यासले मानिसलाई अभ्यस्त बनाउँछ, उनले भने, कसरी लड्ने कसरी पछारीने अभ्यासले मानिसलाई सफल बनाउने छ। सबैभन्दा ठुलोकुरा आफ्नो काम प्रति ईमान्दार हुनु पर्छ ।’ खेलमा निष्पक्षता र न्याय दिनु पर्ने बताएका ओलीले खेलकुदमा अनुशासन नभएका ब्यक्तिहरुलाई खेल क्षेत्रमा नबस्न आग्रह गरे ।
‘खेलमा आक्रमण हैन प्रतिरक्षा  हुन्छ, उनले भने, शान्त स्वाभाभावका खेलाडीहरु परिआएको बेला पछि नहट्ने खालको हुन्छन् ।’ महासंङले सबै खेलको समुचित विकास गर्न सक्नु पर्ने बताए  ।
‘नेपाली पछाडि पर्नुको कारण भनेको जित्छु नै भन्ने आत्म विस्वास नभएकोले भएको हो, ओली भन्छन्, सगमाथा चढ्न सँधै नेपाली नै अगाडी हुन्छ त ?’

खेलको ईतिहास १५ हजार बर्ष पुरानो
नेकपा एमालेका अध्यक्ष ओलीले १५ हजार बर्षदेखि खेलकुदको  ईतिहास शुरु भएको बताएका छन् ।  १५ हजार बर्ष पहिला पशुपालनको युगसँगै घोडा चराउन थालिएको ईतिहास सुनाएका ओलीले घोडा चढेर सिकार खेल्दै जाँदा आवागमनको रुपमा तालिम दिएपछि घोड सवार शुरु भएको र त्यहीँदेखि खेलको शुरुवात भएको बताए । ‘सत्य युगहुँदै आधुनिक युगमा आउँदासम्म ८ हजार बर्षदेखि नयाँ खेलहरु विकास हुँदै आए, उनले भने, ७÷८ हजार बर्ष पहिलादेखि स्विमिङको भग्नावशेष पाईन्छ ।’
उनले जीवनको लागि स्वीमिङ र बाँच्नको लागि दौड अनिवार्य भएको बताए ।  सिंह र हरिणको कथा सुनाएका एमाले अध्यक्ष ओलीले सिंहभन्दा छिटो हरिण दौडिएन भने हरिण मर्छ हरिण भन्दा छिटो सिंह दौडिएन भने सिंह भोकै मर्छ त्यसैले दौडको अभ्यासले अभ्यस्त बनाउन सक्नु पर्ने बताए ।
ओलीले राणा, राजा र महाराजा तानाशाहीहरुले खेललाई समाप्त पारेको आरोप लगाए । ‘राजा महाराजाहरुले  आफैलाई कुस्ती सिकाउने गुरूलाई हत्या गरेका थिए, उनले भने, तानाशाहीले अन्त्य गरेको खेलकुदको गतिबिधि प्रजातन्त्र पछि शुरु भएको हो ।’
नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले खेल क्षेत्रको एउटा भब्य उत्सव विराटनगरमा शुरु भएको बताए । १० बर्षसम्म हुन नसकेको महाधिबेशनलाई भब्य रुपमा विराटनगरमा उद्घाटन भएको बताए।
नेपाल खेलकुद महासंघको महाधिबेशनको बन्द सत्र आजैदेखि शुरु हुने जनाईएको छ । विराटनगरमा रहेको होटल मनास्लुमा बन्द सत्र शुरु हुने भनिएको छ। महाधिबेशनले नयाँ नेतृत्व जयन गर्ने महासंघका प्रदेश ईन्चार्ज सन्ताष वान्तवाले जानकारी दिए ।

  

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...