स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित २५ जनाले जिते कोरोना, निको हुनेको संख्या १ सय १२ पुग्यो

 न्यूज विराट
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित २५ जनाले जिते कोरोना, निको हुनेको संख्या १ सय १२ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप २५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १ सय १२ पुगेको छ । पर्साका छप्कैयाका एकै परिवारका १८ जना आइतबार बेलुका डिस्चार्ज भएका हुन् । उनीहरू ४ महिना देखि ६६ वर्षका छन् ।

त्यसैगरी, पाटन अस्पतालबाट ५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकु अस्पतालबाट आजै १ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् । तौलिहवाबाट पनि १ जना स्वास्थ्यकर्मी डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । उनका अनुसार हिजो र आज  गरेर २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतलामा गरिएको परीक्षणमा १ जना भेरी अस्पतलमा गरिएको परीक्षणमा ३ जना र नारायणी अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, नेशनल मेडिकल कलेजनमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको सोमबार दिउँसोसम्मको विवरणअनुसार पीसीआर विधिबाट गरिएको नमुना परीक्षणको संख्या ५१ हजार ६ सय ४१ पुगेको छ । त्यसैगरी, आरडीटी विधि ९५ हजार १ सय ९२ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टाको अवधिमा २ हजार ९ सय ४ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५ हजार १ सय ६६ जनाको परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

छुरा प्रहार गरि साथीको हत्या आरोपमा ३ जना पक्राउ

विराटनगर, जेठ २०–सुनसरीको इटहरी २० तरहराका एक युवाको हत्या गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तरहराका २८ वर्षीय राजन राईको हत्या गरि फरार रहेका तीन जनलाई...

विराटनगरमा नगेश र सागरको मतान्तर ४९१९

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाको जारी मतगाणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले सुरुदेखि अहिलेसम्म अग्रता कायम राखेका छन् । उनले लगातार फाराकिलो मतान्तर बढाउँदै लगेका हुन् । भर्खरै सार्बजनिक मतपरिणाम...

खुशियालीको लागि हरियाली

विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...

प्रदेशले २ साताअघि घोषणा गरेको राहत जनकपुरधामबासीले अझै पाएनन्

जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश  सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् ।...

टेकुमा कोरोना जाँच गर्नेको भीड बढ्यो

काठमाडौं, १ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।  लकडाउन खुकुलो र लुकिछिपी बाहिर जिल्लाबाट काठमाडौं आएपछि परीक्षण गर्नेको संख्या बढेको हो । बुधबार ५...

म्याग्दी पहिरोमा पुरिएर २ जनाको मृत्यु

म्याग्दी, २८ जेठ-म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । ५० वर्षीया हमाया शेरपुञ्जा र ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी...

विराटनगरको कान्तिपुर स्कुलको क्यान्टिनमा आगलागी (फोटो फिचर)

विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर स्कुलको क्यान्टिनमा आगलागी भएको छ । आज साँझ साढे ६ बजे स्कुलको क्यान्टिनमा आगलागी भएको हो । अहिले विराटनगर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास...

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्