अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

 न्यूज विराट
अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, माघ १०–सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन नगर्न र निर्वाचन प्रक्रिया रोक्न माग गरिएको छ । काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सापकोटा १२ माघमा सभामुखमा निर्विरोध निर्वाचित हुँदै छन् ।

उनीविरुद्द कुनै दलले पनि उम्मेदवार खडा नगरेपछि १२ माघमा बस्ने प्रतिनिधिसभा बैठकले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्दै छ । निर्वाचित हुनुअघि दायर रिटमा सापकोटालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन र अनुसन्धानका लागि स्पेसल टास्कफोर्स गठन गर्ने तथा सापकोटामाथि कारबाही प्रक्रिया अगाडि नबढाउनेमाथि कारबाही गर्नसमेत निवेदकले माग गरेका छन् । यस्तै, उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन पनि माग गरिएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्