एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए ।
बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिए । हेरोल्डका अनुसार नियन्त्रणमा लिइएका ती व्यक्ति पनि घाइते भएका छन् । उनको उपचार भइरहेको छ । घटना स्थानीय समयअनुसार दिउँसो दुई बजेतिर भएको हो ।