२६ नेपाली बोकेर म्यानमारको एयरफोर्स नेपालमा - News Birat

२६ नेपाली बोकेर म्यानमारको एयरफोर्स नेपालमा

न्यूज विराट

काठमाडौं, २३ जेठ-म्यानमार सरकारले आफ्नै खर्चमा त्यहाँ रहेका २६ नेपालीलाई नेपाल पठाएको छ । नेपाली सेनाले गरेको प्रस्तावलाई स्वीकार गर्दै म्यानमारको एयरफोर्सबाट २६ नेपाली ल्याइएको हो । नेपाली लिएर आएको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

शुक्रबार मध्याह्नमा आएको जहाजमा नेपालमा रहेका म्यानमारका नागरिक पठाउने तयारी गरिएको छ । लकडाउनपछि नेपालमा औपचारिक रूपमा पहिलोपटक विदेशमा रहेका नेपाली ल्याउन सुरु गरिएको हो । आजै यूएई र बहराइनबाट पनि नेपाली नागरिकाे उद्धार गरी स्वदेश ल्याइँदै छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles