राशिफल

नेप्से परिसूचकमा १४.५८ अंकको गिरावट

 न्यूज विराट
नेप्से परिसूचकमा १४.५८ अंकको गिरावट

काठमाडौं, २० माघ । शेयर बजार मापक नेप्से परिसूचकमा साताको अन्तिम कारोबारका दिन बिहीबार सामान्य अंकले गिरावट आएको छ ।बुधबार सार्वजनिक बिदा परेकाले बन्द रहेको नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ ।

बिहिबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बिहीबार भने नेप्से कारोबार रकममा वृद्धि भएको छ  । मंगलबार साढे ६ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भएका थियो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहका सूचकमा गिरावट आएको छ भने बाँकी २ वटा उपसमूह परिसूचक बढेको छ । जसमा हाइड्रोपावर र निर्जीवन बीमा उपसमूहका सूचक रहेका छन् ।

बिहीबार नेप्से परिसूचक गिरावट आए पनि विन लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । बुद्धभूमि हाइड्रोपावर, साहस उर्जा, अरुण भ्याली हाइड्रोपावर र मैलुङ खोला जलविद्युतको शेयर मूल्य बढेको छ । तर, आरएमडीसी लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरै ३.४९ प्रतिशतले घटेको छ । त्यस्तै पोखरा फाइनान्स , गोर्खाज फाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।

आज कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अपी पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...