विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखिकरण
आइतबार, ०६ साउन, २०८१,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ ।
कलेजले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।
कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्टमा ९ सय २० जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । अहिले भर्ना भएका १० औं ब्याजका विद्यार्थीहरु हुन् । भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुलाई कलेजको नियमको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल नेपालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर अगाडी बढने गरेको बताए । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज पर्ने गरेको छ । यस कलेज पढने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल हुँदै आएका छन् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको हो ।
विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल छ । यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको छ । ‘भर्ना हुने जति पनि विद्यार्थीहरूलाई हामीले दक्ष प्राध्यापक र शिक्षकहरूले पठन–पाठनको व्यवस्था गरेका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस भनेर हामीले तयारी कक्षाहरु संचालनमा ल्याएका छौं । त्यसको लागि अनुभवी प्राध्यापकहरू रहेका छन् ।’ कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोशि प्रदेशका प्रमुख जीवन गडतौलाले बिद्यार्थीको क्षमता अनुसार गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताए । उनले बिद्यार्थीको चाहना अनुसार शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने बताए । सोही अवसरमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरुलाई कलेजले सम्मान पनि गरेको छ । कक्षा ११ मा कलेजले लिएकोे प्रवेश परीक्षामा १ हजार ३३७ जना विद्यँर्थीले प्ररीक्षा दिएका थिए । कलेजका अध्यक्ष खुसिराज श्रेष्ठको अध्यक्षमा उक्त कार्यक्रम भएको थियो ।
कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति...
विराटनगर, २८ मंसिर–प्रदेश १ मा आइतबार कोरोना भाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ । एकै दिन प्रदेश १ को झापा जिल्लाका दुई महिला र पाँच पुरुषको मृत्यु भएको हो । यो सँगै प्रदेश १...
मोरङ, ३० असोज-विराटनगर महानगरपालिकाले नगरका सडकमा बेसहारा भई कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई उद्दार गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरेका हुन्...
काठमाडौं, २५ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । आज ८ सय...
विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...
काठमाडौं, कात्तिक २९-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका डा. गोविन्द केसीलाई स्वास्थ्यलाभकाेे कामना कामना गरेका छन्। शनिबार एक ट्विटमार्फत स्वास्थ्यलाभकाे कामना गर्दै ओलीले डा. केसीकाे उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने जानकारी पनि दिएका...
महोत्तरी २ वैशाख-प्रदेश-२ लाई कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा उपचारमा खटिन स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिङ इक्यपमेन्ट (पीपीई)लगायतका सामग्री हस्तान्तरण गरेकी छन् । आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लामो समयदेखि प्रदेश-२ का स्वास्थ्यकर्मी त्रासमा काम...
विराटनगर, २२ चैत्र । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी हटाएको प्रदेश १ सरकारले नयाँ पदाधिकारी नियुक्त गरेको छ । आज मन्त्रिपरिषद् आज बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने...