
विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका– ७ नेकपा (एमाले) को प्यानलनै बिजयी भएको छ ।
वडा अध्यक्षमा एमालेका मोहनप्रसाद अधिकारी, महिला सदस्यमा पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र जितेन्द्र लिम्बू विजयी भएका हुन् । उनीहरुलाई निर्वाचन अधिकृतले विजयी घोषणा गर्न मात्र बाँकी छ ।