संवैधानिक नियुक्ति विवादः सभामुख सापकाेटाकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

 न्यूज विराट
संवैधानिक नियुक्ति विवादः सभामुख सापकाेटाकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका नाममा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको हो ।

संवैधानिक निकायमा गरिएका नियुक्ति खारेजीको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले गत शुक्रबार सर्वोच्चमा रिट हालेका थिए । रिटमा उनले संवैधानिक निकायमा गरिएको सिफारिस र नियुक्ति असंवैधानिक भएकाले खारेजीको माग गरेका छन् ।

यसअघि बुधबार संवैधानिक परिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंवैधानिक निकायमा ३२ जना पदाधिकारी नियुक्त गरेकी थिइन् । पद तथा गोपनियताको सपथ लिएसँगै संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुले पदभारसमेत ग्रहण गरिसकेका छन् ।

संवैधानिक निकायको नियुक्ति सिफारिस भएको संसदीय सुनुवाइ हुन नसकेको भन्दै ४३ दिनपछि सभामुख  सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्‍मै फिर्ता पठाइदिएका थिए ।

सम्बन्धित समाचार

विराटनगरको मेरील्याण्ड कलेजमा विद्यार्थीको भिड, एक हजार बढी विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाको लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको छ । व्यवस्थापन संकाय मात्र पढाइ हुने मरील्याण्ड कलेजमा आज लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको हो । कलेजमा...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि

काठमाडौं, १३ पुस- कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो...

कैलालीमा लकडाउन थप कडाइ, अर्को जिल्ला जान नपाइने

धनगढी, १ जेठ-देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि कैलालीमा पनि आवागमनमा कडाइ गरिएको...

विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट’

विराटनगर । विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्देश्यले शनिबार कोरा साईकलिङ ईभेन्ट आयोजना गरिएको हो । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्