कक्षा ११ र १२ को परीक्षा स्थगित

 न्यूज विराट
कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तत्काललाई कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

कक्षा १२ को परीक्षा ८ वैशाख र कक्षा ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरिएको थियो ।कोरोना भाइरसकै कारण एसईईको परीक्षा पनि स्थगित भएको छ । अब कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने भएको छ ।

सम्बन्धित समाचार

अमेरिकामा हिंसाले उग्र रूप लिँदै

काठमाडौं, १७ जेठ-संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक...

नयाँ नक्सा जारी गरिएको ५ जेठलाई ऐतिहासिक दिनकारूपमा स्मरण गरिनुपर्छः मुख्यमन्त्री पौडेल

मकवानपुर, ६ जेठ-वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुसी व्यक्त गरेका छन् । सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक...

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

नेपाल–भारत सीमानाकामा सीसीटिभी जडान गरिने

प्रदेश–२ सरकारले नेपाल–भारत सीमानाकामा सीसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सीसीटिभी जडान गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला...

राजस्थानमाथि बैंगलोरको जित

एजेन्सी, १ कात्तिक-एबी डी भिलियर्सको शानदार पारीसँगै रोयल च्यालेञ्जर्स बैंगलोरले युएईमा जारी आइपीएल-१३ को ३३औँ म्याचमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । डी भिलियर्सले मात्र २२ बलमा अविजित ३३ रन बनाए । उनले एक...

सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन : दोर्‍याउन अभिभावकहरुले माग गरेका छन् । तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि...

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल  बिओपी सिक्टीले मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारीबाट पेस्तोलसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्