निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग - News Birat

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

न्यूज विराट

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई आयोगको कार्यालयमा बोलाएको छ ।

प्रतिनिधिसभा विघटनसँगै सरकारले वैशाख १७ र २७ मा दुई चरणमा हुने गरी प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । सरकारले संसद विघटनसँगै प्रतिनिधिसभा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले निर्वाचनको तयारी थालेको छ ।

आयोगले निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरूलाई दुई–दुई जना प्रतिनिधि छलफलका लागि पठाउन पत्र काटेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles