१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि - News Birat

१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि

न्यूज विराट

काठमाडौं, १३ पुस- कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा गर्न बोर्डले विद्यालयहरूलाई आग्रह गरेको छ । गत ८ वैशाखका लागि तोकिए पनि कोरोना महामारीका कारण स्थगित भएको परीक्षा गत ९ मंसिरदेखि १६ सम्म सञ्चालन भएको थियो । उक्त परीक्षामा सामेल हुन नसकेका विद्यार्थीका लागि परीक्षा गर्न लागिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles