मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

 न्यूज विराट
मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले प्रदेश १ मै पहिलोपटक विराटनगरबाट चेकजाँच सुरु गरेको हो ।

सार्वजनिक सवारीसाधनका चालक, सहचालक, परिचालकलाई लक्षित गरेर मंगलबारदेखि चेकजाँच सुरु गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
चेकजाँचबाट सार्वजनिक सवारीका चालक, सहचालक तथा परिचालकले लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने कार्कीले बताए । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।
ट्राफिक प्रमुख कार्कीले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए ।
तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ कार्कीले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’
उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको जानकारी कार्कीले दिए । चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।
चेकजाँचका लागि आवश्यक पर्ने किट प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको पहलमा प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको हो ।
किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागूऔषध सेवन गरेको यकिन हुन्छ। अर्थात रिपोर्ट पोजिटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ’दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने प्रष्ट हुन्छ। त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’
उनका अनुसार चेकजाँचबाट ४ दिनअघिसम्मको लागूऔषध सेवन पनि पत्ता लाग्छ ।

लागूऔषध सेवन गर्ने चालक पक्राउ

चेकजाँचका क्रममा चालकले लागूऔषध सेवन गरेर बस चलाउने गरेको पनि खुलेको छ । लागूऔषध सेवन गरेर चलाइएको मे १ ख ३०८९ नम्बरको बसका चालक सुनसरीको इटहरी घर भएका २३ वर्षीय शौरभ लाखेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगरबाट धरानका लागि यात्रु लिएर छुटेको बसका चालक लाखेलाई विराटनगर बसपार्कनजिकबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध लागूऔषध सेवनमा मुद्दा चलाउने तयारी प्रहरीको छ । प्रहरीका अनुसार चेकजाँचबाट लाखेले लागूऔषध गाँजा र ब्राउन सुगर सेवन गरेको पत्ता लागेको छ ।

सम्बन्धित समाचार

विधिवत् रुपमा सुरु भयो छठ पर्व, विराटनगरको गुद्रीमा किनमेल गर्नेको घुइँचो

विराटनगर । तराई मधेसमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ। निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले विराटनगरको गुद्री बजारमा पूजाको सामग्री किनमेल गर्नेको...

विश्व मुख स्वास्थ्य दिवसमा विराटनगरमा प्रभातफेरी (फोटो फिचर)

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतना मुलक प्रभातफेरी निकालिएको छ । नेपाल डेन्टल एसोसिएसन मोरङले विराटनगरमा बुधबार विहान प्रभातफेरी निकालेको हो । डेन्टल एसोसिएसनले मुखलाई स्वास्थ्य जागरुकता फैलाउने उद्देश्यले सचेतना मुलक...

नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ-स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

युवाशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभावः थापा

काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताए ।समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुनेभएपनि लागू औषध सेवनले प्रभाव परेको उनले बताए । लागू औषध प्रयोगकर्ताको सर्वेक्षण...

नेपाल प्रहरीको आईजीपीमा थापा नियुक्त

काठमाडौं, २३ असार-नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नियुक्त भएका छन् । क्षत्रीलाई सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले आईजीपीमा नियुक्त गरेको हो । क्षत्री नेपाल प्रहरीका २८औँ आईजीपी हुन्...

चितवनमा थप ५ जनामा कोरोना पुष्टि

चितवन, ८ असार-चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएको परीक्षणमा माडी...

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

विराटनगर, ७ साउन । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा...

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौं, २९ साउन-प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लामो समयको संवादहीनता अन्त्य गर्दै बालुवाटारमा भेट भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्