विराटनगरको विरोधसभामा प्रचण्डले भने ‘प्रधानमन्त्री ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन्’

 न्यूज विराट
विराटनगरको विरोधसभामा प्रचण्डले भने ‘प्रधानमन्त्री ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट हुन्’

विराटनगर, १६ माघ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रियावादी शक्तिको एजेन्ट बनेको आरोप लगाएका छन् ।

प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले आफू प्रतिक्रियावादी शक्तिको एजेन्ट भएको पुष्टि गरेको आरोप लगाएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारीको गोटी बनेको पनि बताए । उनले ओलीले प्रतिनिधिसभा नभएर संविधान नै विघटन गरेको आरोप पनि लगाए ।

प्रचण्डले प्रधानमन्त्री ओलीले  संसद विघटन गरेर जनताको अधिकारमाथि हमला गरेको पनि बताए ।  प्रचण्डले पार्टी एकता ओलीले नभएर आफूले गरेको पनि दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ३ को संज्ञा दिएका छन् । प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनता सडकमा ओर्लिसकेकाले श्री ३ केपी ओलीलाई घुँडा टेकाएरै छोड्ने बताएका हुन् ।

‘केपी ओलीको खुट्टी कत्रो छ मैले देखेरै आएको छु, ‘ उनले भने, ‘अब जनताको बलमा श्री ३ ओलीलाई घुँडा टेकाएरै छाड्छौं । ‘ प्रचण्डले प्रधानमन्त्री ओलीलाई इतिहासमा जनताले हिटलरका रूपमा सम्झिने बताए । ‘इतिहासले नायक र खलनायकलाई पनि सम्झिन्छ,’ प्रचण्डले भने, ‘ जनताले ओलीलाई  हिटलरका रूपमा सम्झिनेछन् ।’

प्रचण्डले प्रधानमन्त्री ओली बेइमान र ध्रुत रहेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री ओलीका पछाडि राजा महाराजाका धुपाउरेहरु मात्रै रहेको बताए ।

उनले छोराछोरीलाई बन्दुक बोकाएर हिँड्नु के मेरो दोष हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । ‘ छोराछोरीलाई बन्दुक बोकाएर हिँडे के यो मेरो दोष हो ? ,’ ओलीलाई प्रश्न गर्दै उनले भने, ‘म नपुंशक भइन के मेरो दोष हो ? कि धर्म छोराछोरी भन्दै कोचाउने चाहिँ ठीक हो ? कि ७० करोड भ्रष्टाचार गर्नेलाई बचाउने सुशासन हो ?’

सम्बन्धित समाचार

कोभिड- १९ व्यवस्थापनका लागि विश्व बैंकले १० करोड डलर दिने 

काठमाडौं, १० असार-विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड- १९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...

थप १२ हजार ८ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिकामा १ लाख संक्रमित

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । शनिबार बिहान ६ बजेसम्म ५ लाख ९४ हजार ६ सय ८७ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । पछिल्लो तथ्यांक अनुसार...

देशकै नमुना क्षेत्र बनाउने जीवन आचार्यको प्रतिवद्धता

विराटनगर । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय...

५८० वर्षपछि आज लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

काठमाडौं, ३ मंसिर । ५ सय ८० वर्षपछि लामो अवधिको चन्द्रग्रहण आज लाग्दै छ । तीन घण्टा २८ मिनेट २४ सेकेन्ड अवधिकाे यो चन्द्रग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाग्ने छ । यो...

विराटनगर देवकोटा चोकको रोयल मिल्कमा कुहिएको मासु, १० किलो नष्ट

विराटनगर । विराटनगरको देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको खसीको मासु भेटिएको छ ।विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनको क्रममा रोयल मिल्क मिट सेन्टरमा कुहिएको मासु भेटिएको हो ।खसीको कुहिएको मासु १० किलो भेटिएपछि नष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्