कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिकामा १ लाख संक्रमित

 न्यूज विराट
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिकामा १ लाख संक्रमित

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । शनिबार बिहान ६ बजेसम्म ५ लाख ९४ हजार ६ सय ८७ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ३३ हजार ६ जना संक्रमित उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १७ हजार २९ नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या एक लाख २ हजार ४६४ पुगेको छ । अमेरिकामा कोरोनाबाट एक हजार ६०७ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै मानिसको मृत्यु भने इटलीमा भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ जना पुगेको छ । इटलीमा पछिल्लो २४ घण्टामा मात्रै ९०९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगिसकेको छ ।

स्पेनमा ५ हजार १ सय ५८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या त्यहाँ ६५ हजार ७१९ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा संक्रमितको संख्या ६५ हजार ७१९ पुगेको छ । त्यहाँ यो समाचार तयार पार्दासम्म ३ हजार २९५ जनाले संक्रमणबाट ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको मृत्यु र ५४ जना नयाँ संक्रमित भेटिएका छन् ।

जर्मनीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ । त्यहाँ ३ सय ५१ जनाको ज्यान गइसकेको छ । यस्तै, नयाँ तथ्यांक अनुसार इरानमा २ हजार ३७८ र फ्रान्समा १९ सय ९५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० र संक्रमितको संख्या ८ सय ८७ पुगेको छ । यस्तै, पाकिस्तानमा ११ जनाको मृत्यु र १ हजार ३ सय ७३ जना संक्रमित भएका छन् ।

नेपालमा हालसम्म ४ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये तीन जनाको उपचार भइरहेको छ । एक जना भने उपचार गरेर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

ग्रेडेड स्कुलमा मोनिटर छनौट, विद्यालय मोनिटरमा ईशान्त र कृती श्री निर्वाचित

विराटनगर । विराटनगर – ८ हाटखोलामा अवस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचनबाट मोनिटर तथा भाइस मोनिटर निर्वाचित गरेको छ । शैक्षिक शत्र २०८० को लागी स्कूलमा मोनिटर तथा भाइस मोनिटर विद्यार्थीहरुले निर्वाचनबाट निर्वाचित गरेको हो ।...

उद्योगको लापरवाहीः आरती स्ट्रिप्सका ३० मजदुरलाई कोरोना

विराटनगर, साउन २९–लकडाउनको समयमा भारतीय मजदुर ल्याएर उद्योग चलाएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । लुकिछिपी भारतीय कामदार ल्याएर उद्योग चलाएपछि २ मजदुरमा कोरोना देखिएकोमा...

भुल्केमा कोरोना संक्रमण अन्त्य : मन्त्री घिमिरे

विराटनगर, २२ जेठ-प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ ।  गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के...

जेटियुसीसीको सुनसरी – मोरङका औद्योगिक करिडोरमा निरीक्षण : अधिकांश प्रतिष्ठानमा कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक

विराटनगर । सुनसरी – मोरङका औद्योगिक करिडोर भित्र रहेका उद्योग प्रतिष्ठानहरूले सरकारले तोकेको न्युनतम पारिश्रमिक र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नगरिएको पाइएको छ ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) सुनसरी – मोरङका...

अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि हत्या

सप्तरी, २६ असोज-एक महिलाको हत्या आरोपमा सप्तरी प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको आरोपमा मैनाकडीका २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर- २१ ठेलीया...

भारतमा किसान फेरि सडकमा

एजेन्सी, १४ असोज । भारतमा दुई वर्षयता छ महिना बिराएर किसानहरू आन्दोलनमा उत्रिँदै आएका छन् । विभिन्न माग राखेर सडक आन्दोलन गर्दै आएका भारतीय किसानहरू गत सातादेखि पुन: देशव्यापी आन्दोलनमा उत्रिएका छन् । भारत सरकारले गत वर्ष...

कोरोनाबाट काठमाडौंका छसहित १५ को मृत्यु, २ सय ७० जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २१ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, ७ वर्षीय बालकको मतिष्कमा गाडिएको हड्डी निकाल्न सफल

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्