
काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।
याेसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ ।