राशिफल

५८० वर्षपछि आज लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

 न्यूज विराट
५८० वर्षपछि आज लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

काठमाडौं, ३ मंसिर । ५ सय ८० वर्षपछि लामो अवधिको चन्द्रग्रहण आज लाग्दै छ । तीन घण्टा २८ मिनेट २४ सेकेन्ड अवधिकाे यो चन्द्रग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाग्ने छ । यो ग्रहण सन् १४४० फेब्रुअरी १८ पछिको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण हो र सन् २६६९ फेब्रुअरी ८ सम्म रहिरहनेछ । त्यसैले पनि यसकाे चर्चा विश्वव्यापी छ ।

चन्द्रग्रहण धार्मिक तथा वैज्ञानिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ । त्यसैले धेरै नेपालीमा जिज्ञासा छ, नेपालबाट हेर्न पाइन्छ कि पाइँदैन ।

यस्ताे जिज्ञासा मेटाउन हामीले नेपाल एस्ट्राेनाेमिकल साेसाइटी (नासाे)का अध्यक्ष सुरेश भट्टराईलाई सम्पर्क गर्‍याैँ । उनले दिएकाे जानकारीअनुसार आज हुने भनिएको खण्डग्रास चन्द्रग्रहण (Partial Lunar Eclipse) नेपालबाट खण्डग्रास नभएर बिरल छाया जनित चन्द्रग्रहण (Penumbral Lunar Eclipse) मात्रै देखिनेछ। यस्तो ग्रहण नेपालमा आज साँझ करिब ५ बजेर ११ मिनेटमा सुरू भई साँझ नै ५ बजेर ४८ मिनेटमा सकिनेछ । यसबारे नासाेकाे फेसबुक पेजमा पनि जानकारी राखिएकाे छ।

छिमेकी भारतको सुदूर पूर्व सीमा अरुणाञ्चल प्रदेशदेखि अत्यन्त कम समयका लागि ग्रहण सूक्ष्म देखिने छ । यसबाहेक रुस, अस्ट्रेलिया, थाइल्याण्ड, इन्डोनेसिया र चीनको पूर्वाेत्तर भागदेखि चन्द्रग्रहण देखिने छ ।

खासगरी अमेरिकाका सबैजसो भूभागबाट देखिने यो खण्डग्रास चन्द्रग्रहणले अमेरिकी सञ्चारमाध्यममा चर्चा पाएसँगै त्यो चर्चाले विश्वका सञ्चारमाध्यमलाई राम्रै प्रभाव पारेकाे देखिन्छ । नेपाली आकासबाट यदि आज चन्द्रमा रातो देखिएमा त्यो चन्द्रग्रहणका कारण नभई वायु प्रदूषणका कारणले मात्र हुनेछ ।

यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ ।

नेपालमा चन्द्रग्रहण स्पष्ट नदेखिने भएकाले धार्मिक दृष्टिले यो कम महत्त्वको हुने छ । तर, ज्योतिषीय दृष्टिले भने महत्त्वपूर्ण छ । किनकि, ग्रहण कालमा ग्रहहरूको स्थितिअनुसार मनको कारक ग्रह चन्द्रमा वृष राशिमा राहुको साथमा हुने छ । अनि केतुसँग सूर्य रहने छ । त्यसैले चन्द्रमाबाट प्रभावित हुनेहरूले विशेष सावधानी अपनाउनुपर्ने ज्यातिषीहरू बताउँछन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...