भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

 न्यूज विराट
भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् ।

प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गरी प्रदेश सरकारले सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहस्थित अस्पताललाई ५० श्ययाको जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

मन्त्री साहले सप्तरीका एउटा जिल्ला अस्पताल नभएकाले प्रदेश सरकारले भारदह अस्पताललाई जिल्ला अस्पतालका रूपमा विकास गर्न लागेको उल्लेख गर्दै यसबाट सप्तरीका ग्रामीण भेगका जनताले समेत सहजरुपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

निरीक्षणमा हनुमाननगर कङ्कालनी नगरपालिका प्रमुख शैलेशकुमार साह, प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका निर्देशक डा हरिश्चन्द्र साहको पनि सहभागिता थियो । रासस

सम्बन्धित समाचार

नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

विराटनगर । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पु¥याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई पुरस्कृत एवं सम्मान गरिएको छ। हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत...

प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, १७ साउन-शनिबार ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

जनकपुर उपमहानगरको काम ३ महिनादेखि ठप्प,

जनकपुर, माघ २७–जनकपुरधाम उपमहानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश २ को अस्थायी राजधानीको उपमहानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरूले कात्तिक महिनादेखिको तलब पाउन सकेका छैनन् भने पालिकाअन्तर्गतका शिक्षकहरू समेतले ३ महिनादेखि...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

विराटनगरमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी हुँदै

विराटनगर, १८ फागुन । विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी हुने भएको छ । ११२ औँ श्रमिक महिला दिवसको अवसर पारेर नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आगामी फागुन २३ गते विराटनगरमा महिला...

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्