भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु

 न्यूज विराट
भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु

सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ ।

माघ ९ गते प्रकाशित सूचनाअनुसार ३५ दिनभित्र सबै कागजातसहित भूमिहीनको विवरण फारम मागिएको हो । सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक वर्षअघि ऐन पारित गरेको थियो ।

भूमिहीनलाई घडेरी उपलब्ध गराउने र जसले जुन जग्गा उपभोग गरिरहेका छन् सोही जग्गाको जग्गाधनी बनाउने नीतिअनुरुप तराई, पहाड र हिमाली क्षेत्रमा अलग–अलग मापदण्ड तोकिएको छ । पहिलो चरणमा देशभरका १३२ स्थानीय तहका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरी सूचना प्रकाशित गरिएको आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले जानकारी दिए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचानका लागि तनहुँका स्थानीय तहले पनि काम सुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोग र तनहुँका ६ स्थानीय तहबीच सम्झौता भएको थियो ।

व्यास नगरपालिकाले वडा र नगरस्तरमा समिति गठन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । पालिकास्तरमा प्रमुखको अध्यक्षतामा र वडामा वडाध्यक्षको अध्यक्षतामा सहजीकरण समिति गठन गरिएको छ ।

‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन कामलाई तीव्रता दिने तयारीसहित काम अगाडि बढाएका छौँ,’ सिग्देलले भने, ‘अनुसन्धान गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, वास्तविक भूमिहीन भए÷नभएको पहिचान गर्ने सबै जिम्मेवारी पालिकाको हो ।’

भीमाद नगरपालिकाले भूमिहीन पहिचानका लागि नगर र वडास्तरीय समिति गठन गरेको छ । नगरमा नगरप्रमुखको अध्यक्षतामा र प्रत्येक वडामा वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । थापाका अनुसार नगरपालिकाभित्र एक हजार ५०० हाराहारीमा भूमिहीन व्यक्ति रहेको अनुमान छ ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले पालिका र वडास्तरमा सहजीकरण समिति गठन गरिएको जानकारी दिए । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले समिति गठन गरेर कामलाई अगाडि बढाइएको बताए ।

आयोगका केन्द्रीय सदस्य रानाले भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउन प्रक्रिया अगाडि बढाइएको जानकारी बताए । उनका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फारम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहमार्फत घरदैलोमा खटिएका लगत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा फारम बुझाउनुपर्नेछ ।

सम्बन्धित समाचार

विराटनगरमा तीन दिने ‘ह्यापिनेस’ कार्यक्रम हुने

विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो । जीवन जिउने कला र कसरी कलात्मक...

आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...

जसपालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव : ओलीको प्रतिगमन सच्चियो, अब मिलेर जाऔँ

नेकपाको प्रचण्ड-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार जसपाका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलमा...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या  

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएको नवजात शिशु उपचारको क्रममा मृत्यु भएपछि आफन्त सम्पर्क विहीन भएका छन् । भारतको अररिया घर भएका सुशील कुमार मण्डको तीन दिनको नवजात शिशुको उपचारको क्रममा गोल्डेन अस्पतालमा...

जिफन्टको स्थापना दिवसमा विराटनगरमा वृक्षारोपण

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा वृक्षारोपण गरिएको छ । जिफन्ट कोशी प्रदेशले विराटनगरमा शुक्रबार विहान वृक्षारोपण गरेको हो । विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत बसपार्क अगाडीको...

धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

धनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो । भारतको मधुवनीबाट आइतबार दिउँसो उनी घर...

एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ । फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्