ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको ज्यान जान सक्छः बाइडेन

 न्यूज विराट
ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको ज्यान जान सक्छः बाइडेन

एजेन्सी, २ मंसिर-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो आगामी राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पले अवरुद्ध पारिराखेमा थप कोरोना संक्रमितको ज्यान जानसक्ने चेतावनी दिएका छन् ।

डेलावेयरमा एक सम्बोधनका क्रममा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसको प्रकोप रोक्न समन्वयको आवश्यकतामा जोड दिएका छन् ।

राष्ट्रपति ट्रम्पलाई आफ्नो पराजय स्वीकार गर्न पनि उनले पुनः आग्रह गरेका छन् । बाइडेनले राष्ट्रपति निर्वाचन जित्न आवश्यक २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन् ।

तर अझै पनि रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकार गरेका छैनन् । उनले सोमवार बिहान ट्वीट गरेर भनेका छन्, ‘मैले चुनाव जितेँ।’

ट्रम्पको निर्वाचन अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ। राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन ।

उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति निर्वाचित बाइडेनका सहयोगीहरूले ट्रम्पले सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु भएको बताएका छन्। आफ्नो मन्तव्यमा बाइडेनले ट्रम्पले हार अस्वीकार गर्नु पूर्ण रुपमा गैरजिम्मेवार भएको बताएका छन् ।

‘कोही यसलाई बुझ्छ ? यो भनेको मानिसहरूको जीवन बचाउने कुरा हो । वास्तवमा, यो अतिशयोक्ति होइन,’ उनले भने, ‘यदि हामीले सहकार्य गरेनौं भने अझ धेरै मानिसहरू मर्नेछन्। योजना बनाउन सुरु गर्नकै लागि यदि हामीले २० जनवरीसम्म पर्खनु पर्‍यो भने यसले हामीलाई पछि पार्छ।’

सम्बन्धित समाचार

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

कडकनाथ पालेर मनग्य आम्दानी

बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...

औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले...

सुरु भयो बुन्डेस लिगा, डर्टमुन्डको प्रभावशाली जीत

एजेन्सी, जेठ ४-कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण दुई महिनाभन्दा लामो समय रोकिएको जर्मन बुन्डेस लिगा पुनः सुरु भएको छ । कोरोना भाइरसका कारण करिब १० साता रोकिएका खेल शनिबाररातिबाट सुरु भएका हुन् । कोरोना...

नर्सिङ अध्ययरत छात्रामाथि अमानवीय व्यवहार गर्ने होस्टल संचालक मधु रेग्मी ४१ हजार धरौटी बुझाएर रिहा

विराटनगर – नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर — ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सन्चालक ५० वर्षीया मधु रेग्मी ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी छिन् । अभद्र...

बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेर...

प्रदेश २ सरकारको निर्णयः वडा कार्यालयको समन्वयमा घरमै राहत

जनकपुर, ६ बैशाख-कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषदको आज सम्पन्ने बैठकले लक्षित परिवारको...

प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्