नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्यो, १ जनाको मृत्यु - News Birat

नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्यो, १ जनाको मृत्यु

न्यूज विराट

काठमाडौं, जेठ ३०-सर्लाहीको नेपाल-भारत सीमावर्ती क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ । सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि झडप भएको जनाइएको छ ।

झडपका क्रममा सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली चल्दा १ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।

प्रदेश–२, प्रहरीका अनुसार, झडपमा १ जनाको मृत्यु र केही घाइते भएको जनाइएको छ । तर, घटनाबारे आधिकारिक जानकारी नभइसकेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles