राशिफल

बर्जु महोत्सवमा तोडफोड र आगजनी प्रकरणः विराटनगरको एसएम साउण्ड सिस्टमको एक करोड ७ लाख क्षती

 न्यूज विराट
बर्जु महोत्सवमा तोडफोड र आगजनी प्रकरणः विराटनगरको एसएम साउण्ड सिस्टमको एक करोड ७ लाख क्षती

विराटनगर, ५ माघ । सुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको तोडफोड र आगजनीमा विराटनगरको एस एम साउण्ड सिस्टमको करिब एक करोड मुल्य बराबरको क्षती भएको छ । विराटनगर घोघापुलस्थित एस एम साउण्ड सिस्टमका सञ्चालक जाहिद हुसेनले बुधबार पत्रकारसम्मेलन गर्दै तोडफोडबाट आफ्नो मात्र एक करोड सात लाख रुपैयाँ मुल्य बराबरको क्षती भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा सञ्चालक हुसेनले महोत्सवमा एस एम साउण्ड सिस्टमको विभिन्न लाइट सामाग्री, विभिन्न प्रकारका साउण्ड बक्स र स्टेज सामानको प्रयोग भएको र आयोजकको लापराहीका कारण तोडफोड तथा आगजनी हुँदा एक करोड बढी मुल्य बराबरको क्षती भएको दावी गरे ।

उनले महोत्सवमा प्रयोग भएको एस एम साउण्ड सिस्टमको सम्पूर्ण सामान तोडफोड र आगजनीबाट क्षती भएकाले सम्पूर्ण सामानको क्षतीपूर्ती आयोजकले दिनुपर्ने माग गरेका छन् । उनले आयोजकको लापरबाहीका कारण तोडफोड र आगजनी भएकाले त्यसको सम्पूर्ण जिम्मा आयोजकलेनै लिनुपर्ने र नष्ट भएको सवै सामाग्रीको क्षतीपूर्ती ब्यहोर्नुपर्ने बताए ।

तोडफोड तथा आगजनीबाट एस एम साउण्ड सिस्ष्टमको १० थान मुभिङ हेड, ३६ वटा एलइडी पार्क, वाम पार्क र एलइडी हेलोजिन १०÷१० थान, धुँवा मेसिन २ थान, ६ थान बेस बक्स, लाइनरी बक्स ८ थान, सिंगल बेस बक्स ४ थान, मनिटर १० थान, जेबिएल १४ वटा, क्युब बक्स २ थान, एम्प्ली फायर ३ थान, मिक्स्चर २ थान, वायरलेस माइक २ सेट, ल्यापटप १ थान, माइक सात थान, सानो ठुलो गरी माइक स्टेण्ड १० वटा, डिजिटल डिले दुई वटा, ३८ क्वाइल तार, ६ थान हर्न र युनिट १० वटा नष्ट भएको हुसेनले जानकारी दिए ।

त्यस्तै स्टेजका सामान अन्तर्गत फ्रेम १० थान, प्लाई १६ थान, ३ रोल कार्पेट, चेन पुल्ली र साण्ड लेस जेनेरेटर दुई÷दुई वटा, एउटा सिटी सफारी, दुई वटा मोबाइल र डिएम एक्स लाइट मिक्सचर तीनवटा क्षती भएको हुसेनको दावी छ ।

पत्रकार सम्मेलनमा मेची कोशी साउण्ड सिष्टम व्यावसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष विनोद कठेतले आयोजकको धेरै कमी कमजोरीका भएको सवै क्षती व्यहोर्नुपर्ने बताए ।

सुनसरीको बर्जु गाउँपालिका—६ स्थित चिमडीमा आयोजित बर्जु महोत्वसमा चर्चित भारतीय कलाकार खेसरीलाल नआएको भन्दै मंगलबार स्थानीयले तोडफोड र आगजनी गरेका थिए । चर्चित भारतीय कलाकार खेसरीलाल आउने भनेर प्रचार गरिएपनि अन्ति समयमा नआएपछि आक्रोशित स्थानीयले स्टेज तोडफोड गरिदिएका थिए ।

खेसरीलाल आउने भनेर महंगोमा टिकट काटेका स्थानीयले उनी आउने कार्यक्रम रद्ध भएको जानकारी पाएपछि तोडफोड र आगजनी गरेको प्रत्यक्षदर्शी स्थानीय धर्मेश ठाकुरले बताएका छन् । उनका अनुसार आक्रोशित स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमासमेत आगजनी गरेका थिए । त्यस्तै आक्रोशित स्थानीयले स्टेज, कुर्सीहरु र बाजागाजा समेत तोडफोड गरेका थिए ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...