पछिल्लो २४ घण्टामा देशभर ५०० संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा देशभर ५०० संक्रमित थपिए

विराटनगर, ११ पुस-पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार ७ सय संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ८४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८२६ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ ।

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

विराटनगर, १० जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् । शनिबार दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ...

वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा, २ वैशाख-बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो...

सुनसरीमा कोरोना संक्रमितको संख्या ८५२ पुग्यो

विराटनगर, १८ भदौ–सुनसरीमा बिहीबार११ सैनिकसहित थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जनामा कोरोना देखिएको जिल्ला...

भीम पराजुली संसदको ढोका खोल्न सफल

विराटनगर । मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् । उनका...

सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...

सरकारले भन्यो- कोरोना जोखिम बढ्यो, सभा-सम्मेलन नगर्नू

भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल सरकारले सभा-सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा-सम्मेलन नगर्न आग्रह गरेको हो । ‘नेपालमा समेत संक्रमण बढ्न...

संखुवासभाको चैनपुरमा भरुवा बन्दुकको छर्रा लागेर महिला घाइते, दुई जना पक्राउ

संखुवासभा । संखुवासभा चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छिन् । ४५ वर्षे मेनुका खतिवडा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी हुन् । ३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले...

आज १६१४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।  त्यस्तै, बिहीबार १ हजार ४ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्