सुनसरीमा कोरोना संक्रमितको संख्या ८५२ पुग्यो

 न्यूज विराट
सुनसरीमा कोरोना संक्रमितको संख्या ८५२ पुग्यो

विराटनगर, १८ भदौ–सुनसरीमा बिहीबार११ सैनिकसहित थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

धरानमा पछिल्लो संक्रमण देखिएकामध्ये ११ जना सैनिक हुन् । फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको धरान नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

धरानमा संक्रमण पुष्टि भएका अन्य ५ जना विदामा घर आएका भारतीय सैनिक हुन् । यस्तै, धरान ११ की एक ५७ बर्षीय महिला, धरान १६ की ३३ बर्षीया महिला र धरान १७ की २२ बर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको छ ।

योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ५२ पुगेको छ । संक्रमितमध्ये ३९४ जना कोरोनामुक्त भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । जिल्लाम ४५२ जना सक्रिय संक्रमित छन् ।

सम्बन्धित समाचार

पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २३ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ । ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले आज पाटन अस्पतालमा २ जनाको मृत्यु भएको बताए । अस्पतालको आईसीयूमा उपचाररत...

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

विराटनगर उच्च अदालत छेउमा इटा उद्योगी माथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

विराटनगर, १० असोज । विराटनगरमा एकजना उद्योगि माथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सुर्यविनायक नगरपालिका वडानम्बर ८ का ३२ बर्षिय कलामसिंह लामा माथि खुकुरी प्रहार भएको हो । आज दिउसो साढे ११ बजे...

उच्च अदालत विराटनगरका एक न्यायाधीशमा कोरोना पुष्टि

विराटनगर, ९ भदौ–उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गराएको पीसिआर परीक्षणको रिपोट अनुसार उच्च अदालतका एक जना न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो । सोमबार स्वाब संकलन...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

अदृश्य शक्तिको रुपमा सञ्चारकर्मीहरुले काम गरेका छन्ः प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समाज परिबर्तनमा सञ्चारकर्मीहरुले अदृश्य शक्तिको रुपमा कार्य गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिको दोस्रो अधिवेशनको विराटनगरमा उद्घाटन...

प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल

विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा...

ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको ज्यान जान सक्छः बाइडेन

एजेन्सी, २ मंसिर-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो आगामी राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पले अवरुद्ध पारिराखेमा थप कोरोना संक्रमितको ज्यान जानसक्ने चेतावनी दिएका छन् । डेलावेयरमा एक सम्बोधनका क्रममा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसको प्रकोप रोक्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्