भीम पराजुली संसदको ढोका खोल्न सफल

 न्यूज विराट
भीम पराजुली संसदको ढोका खोल्न सफल

विराटनगर । मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् ।

उनका प्रतिस्पर्धी प्रदेश १ का पुर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका माधव प्रसाद आचार्यले ६ हजार ९३५ मत पाए ।

१ हजार ७८८ मतअन्तरले पराजुलीले जित निकालेका हुन । यो जितसँगे संगै पराजुलीले प्रदेशसभामा संसदको ढोका खोल्न सफल भएका छन् । पराजुली विराटनगर महानगरपालिका पुर्व मेयर पनि हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकालालई हराउँदै विराटनगर महानगरपालिको मेयरमा निर्वाचत भएका थिए । त्यस बेला उनले एमाले नेता ढकाललाई ५ हजार ५१० बढी मत प्राप्त गरे मेयर भएका थिए । त्यबेला पराजुलीले २३,०३१ मत प्राप्त गरे भनें ढकालले १७,३२१ मत पाएका थिए ।

को हुन भीम पराजुली
भीम पराजुलीले अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । विद्यार्थी संगठनबाट राजनैतिक आरम्भ गरेका पराजुली नेविसंघको अध्यक्ष भए । त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप सशक्त बनाए । महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति उम्मेद्वार उठेर प्यानललै विजयी गराएका पराजुलीको राजनीतिक छवी निकै प्रभावशाली छ ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि छन् । पराजुली नयाँ पुस्ता मात्रै होइन अघिल्लो पुस्ताका लागि पनि रुचाइएका नेता हुन् । नेपाली काँग्रेसको नगर सभापतिमा दोस्रोपटक निर्वाचित उनी यो पदमा अत्याधिक मतले विजयी भएका थिए । नेपाली काँग्रेसको राजनीतिमा रहेका पराजुली प्रभावशाली स्थानीय नेताका रुपमा जनता माझचिनिएका छन् ।

पराजुली राजनीतिक रुपमा मात्रै नभएर दर्जन बढी सामाजिक संघसंस्थामा पनि संलग्न छन् ।
२०६२÷ ६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परेका थिए । राजधानी केन्द्रित आन्दोलनमा उनी पटकपटक धरपकडमा परेका थिए ।
२०३१ चैत २० गतेका बुवा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेता रुपमा चिनिदै आएका छन् ।

सम्बन्धित समाचार

रतुवामाईमा पत्रकार हौँ भनेर रकम अशुल गर्दै हँडेका दुई जना पक्राउ

विराटनगर, ६ असार । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी...

विराटनगरमा एनसेलको शनिबार सांगीतिक कार्यक्रम, प्रस्तुती दिन आइपुगे चर्चित कलाकार

विराटनगर । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार दिउँसो २ बजेबाट विराटनगर ७ हाटखोला मैदानमा सुरु हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा...

सुदूरपश्चिमका सांसदलाई प्रचण्ड–नेपाल पक्षको धम्की

कैलाली, २० पुस-सुदुरपश्चिम प्रदेशका सांसदहरुलाई नेकपा प्रचण्ड–नेपाल पक्षले धम्कि दिने थालेको उद्योगमन्त्री लेखराज भट्टले आरोप लगाएका छन् । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको उनको दाबी छ । धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार...

न्यूरो हस्पिटललको स्वास्थ्य अभियान कार्यक्रम सुरु

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु...

पाँचौ मिल्स गोल्डकपको फाइनल आइतबार : उपाधि जित्नेमा दुवै टिम आत्मविश्वासी

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।विराटनगर जुटमिल खेल मैदानमा आइतबार हुने फाइनलमा दुवै टिम...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव सात दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री...

विराटनगरमा गणगौर पूजा महोत्सव भव्य मनाइयो

विराटनगर । विराटनगरमा ३६ औं गणगौर पूजा महोत्सव २०७९ मनाएको छ । नेपाल मारवाडी गणगौर पूजा समितिले विविद्य कार्यक्रम आयोजना गरी गणगौर पूजा महोत्सव सोमबार मनाएको हो । महोत्सवको अवसर पारेर फेन्सी डे«स, सोह्र श्रृंगार,...

बेरुत विस्फोटमा ज्यान गुमाउने १५४ मध्ये ४३ सिरियाली नागरिक

एजेन्सी, साउन २४-लेबनानको राजधानी बेरुत शहरमा गत मंगलबार भएको शक्तिशाली विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको लेबनानस्थित सिरियाली दूतावासले शनिबार जानकारी गराएको छ । दूतावासले लेबनानका अधिकारीहरूले घोषणा गरेको १५४ मृतकमा आफ्ना ती नागरिकको परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्