सरकारले भन्यो- कोरोना जोखिम बढ्यो, सभा-सम्मेलन नगर्नू - News Birat

सरकारले भन्यो- कोरोना जोखिम बढ्यो, सभा-सम्मेलन नगर्नू

न्यूज विराट

भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल सरकारले सभा-सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा-सम्मेलन नगर्न आग्रह गरेको हो ।

‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्य नगर्न/नगराउन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles