संखुवासभाको चैनपुरमा भरुवा बन्दुकको छर्रा लागेर महिला घाइते, दुई जना पक्राउ
मङ्गलबार, २५ असार, २०८१,
न्यूज विराट
संखुवासभा । संखुवासभा चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छिन् । ४५ वर्षे मेनुका खतिवडा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी हुन् ।
३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले मकै खाने हुदाँ मकैबारी रुङ्ने भनी बारीमा रहेको अस्थाई टहरामा सुतिरहेको अवस्थामा एक्कासी भरुवा वन्दुक पड्किएर खतिवडाको ढाडको दाहिने तर्फ भरुवा बन्दुकको छर्राले लागेको संखुवासभा प्रहरीले जनाएको छ ।
भ्रुवा बन्दुकको छर्रा लागेर खतिवडा घाइते भएपछि प्रहरी चौकी खराङ संखुवासभामा जानकारी प्राप्त हुदाँसाथ संखुवासभाबाट प्रहरी टोलि खटेको थियो । उक्त घटनामा इप्रका चैनपुरबाट, प्रहरी निरीक्षक बाबुराम कार्की तथा प्रहरी चौकी खराङ संखुवासभाबाट आवश्यक प्रहरी परिचालित भई अनुसन्धान गरेपछि घटनमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका ११ किङरिङ बस्ने वर्ष ३७ का लंक तामाङ भन्ने अनिल कुमार तामाङ तथा चैनपुर न.पा. ११ किङरिङ बस्ने वर्ष २६ का तुलसी जिमी लाई लोड भएको भरुवा बन्दुक १ थान सहित नियन्त्रणमा लिईएको संखुवासभा प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उक्त बन्दुक निजहरूले जिल्ला संखुवासभा चैनपुर ११ स्थित अम्लिसो बारिमा निलो रङगको प्लाष्टिकले बेरिएको अवस्थामा लुकाई राखेको अवस्थामा बरामद गरीएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको क्रममा तुलसी जिमीले भरुवा बन्दुकबाट गोलि प्रहार गरी खतिवडालाई घाईते बनाएको खुलेको प्रहरीले जनाएको छ ।
खतिवडा घाईते भएपछि फसिने डरले घटनाबारे कोही कसैलाई नभनी थाहा नपाए जसरी दुवैजना गाउँघरमा बसेको पाइएको छ । थप अनुसन्धान पछि जिमीले गोलि प्रहार गरेको भरुवा बन्दुक जंगलमा फालेको अवस्थामा बारुद जस्तो पदार्थ ४३२ ग्राम बरामद गरिएको छ । पक्राउ प्रतिवादी मध्ये तुलसी जिमी यसअघि पनि २०७२ भदौ ३१ गते जिल्ला संखुवासभा,चैनपुर नगरपालिका वडा नं.१० खराङ बजारमा एक व्यक्तिलाई कुटपिट गरी निज सवार मोटर साईकलमा क्षति पुयाएको आरोपमा केही सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता भएको थियो । २०७२ भदौ ३१ गते पक्राउ गरेकोमा २०७५ असोज २४ गते जिल्ला प्रशासन कार्यालय संखुवासभाको आदेशले १७ हजार पाँच सय रुपैयाँ धरौटीमा छाडेको अभिलेखबाट देखिन आएको छ । संखुवासभाराटनगर । संखुवासभा चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छिन् । ४५ वर्षे मेनुका खतिवडा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी हुन् । ३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले मकै खाने हुदाँ मकैबारी रुङ्ने भनी बारीमा रहेको अस्थाई टहरामा सुतिरहेको अवस्थामा एक्कासी भरुवा वन्दुक पड्किएर खतिवडाको ढाडको दाहिने तर्फ भरुवा बन्दुकको छर्राले लागेको संखुवासभा प्रहरीले जनाएको छ । भ्रुवा बन्दुकको छर्रा लागेर खतिवडा घाइते भएपछि प्रहरी चौकी खराङ संखुवासभामा जानकारी प्राप्त हुदाँसाथ संखुवासभाबाट प्रहरी टोलि खटेको थियो । उक्त घटनामा इप्रका चैनपुरबाट, प्रहरी निरीक्षक बाबुराम कार्की तथा प्रहरी चौकी खराङ संखुवासभाबाट आवश्यक प्रहरी परिचालित भई अनुसन्धान गरेपछि घटनमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका ११ किङरिङ बस्ने वर्ष ३७ का लंक तामाङ भन्ने अनिल कुमार तामाङ तथा चैनपुर न.पा. ११ किङरिङ बस्ने वर्ष २६ का तुलसी जिमी लाई लोड भएको भरुवा बन्दुक १ थान सहित नियन्त्रणमा लिईएको संखुवासभा प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उक्त बन्दुक निजहरूले जिल्ला संखुवासभा चैनपुर ११ स्थित अम्लिसो बारिमा निलो रङगको प्लाष्टिकले बेरिएको अवस्थामा लुकाई राखेको अवस्थामा बरामद गरीएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको क्रममा तुलसी जिमीले भरुवा बन्दुकबाट गोलि प्रहार गरी खतिवडालाई घाईते बनाएको खुलेको प्रहरीले जनाएको छ । खतिवडा घाईते भएपछि फसिने डरले घटनाबारे कोही कसैलाई नभनी थाहा नपाए जसरी दुवैजना गाउँघरमा बसेको पाइएको छ । थप अनुसन्धान पछि जिमीले गोलि प्रहार गरेको भरुवा बन्दुक जंगलमा फालेको अवस्थामा बारुद जस्तो पदार्थ ४३२ ग्राम बरामद गरिएको छ । पक्राउ प्रतिवादी मध्ये तुलसी जिमी यसअघि पनि २०७२ भदौ ३१ गते जिल्ला संखुवासभा,चैनपुर नगरपालिका वडा नं.१० खराङ बजारमा एक व्यक्तिलाई कुटपिट गरी निज सवार मोटर साईकलमा क्षति पुयाएको आरोपमा केही सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता भएको थियो । २०७२ भदौ ३१ गते पक्राउ गरेकोमा २०७५ असोज २४ गते जिल्ला प्रशासन कार्यालय संखुवासभाको आदेशले १७ हजार पाँच सय रुपैयाँ धरौटीमा छाडेको अभिलेखबाट देखिन आएको छ ।
विराटनगर । नेपालको तराई मधेशमा बसोबास गर्दै आएका राजपुत समुदाय संगठित हुन थालेका छन् । जिल्लाभरी छरिएर रहेका राजपुत समुदायको तथ्यांक संकलन गरेर संगठित हुन थालेका हुन् । जातिय एवंम सामुहिक एकता कायम गरेर राजपुत...
काठमाडौं, ९ साउन -शुक्रबार सुनको मूल्य इतिहासकै महँगो भएको छ । एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला...
मोरङ, २ वैशाख-प्रदेश–१ मा कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।‘थ्रोट स्वाब’ नमुना संकलन गरिएका २३३ जनाको नमुनामध्ये पीसीआर मेसिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने...
विराटनगर, १० भदौ–प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक...
जनकपुर, १३ जेठ-सप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ । नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा...
काठमाडौं, ३० वैशाख-डेढ महिना बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले...
चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...
चितवन, २१ साउन-३ वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार...