
विराटनगरः स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आज (शनिबार) बाट मतगणना शुरु हुँदैछ ।
चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाट शुरु हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपालिकाको मतगणना आजबाट शुरु गर्ने गरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो ।
विराटनगर महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट शुरू हुने भएकाे छ ।