भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

 न्यूज विराट
भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्।

बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले आवतजावत गरेको नेपालगन्ज उपमहानगरपालिकाले जमुनाहामा सञ्चालन गरेको हेल्थ डेक्सका अहेव शालिकराम कश्यपले बताए। उनका अनुसार चार दिनमा ३३ हजार आठ सय २० जना भारतबाट आएका छन्।

गड्डार्चाकीमा श्रीसिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजंग मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ। ‘बिहान एक्कासि घर फर्किनेको भीड लागेपछि स्वास्थ्य परीक्षण गर्नै गाह्रो भयो’, सहायक रथी शंकर पण्डितले भने, ‘तापनि हामीले त्यसको व्यवस्थापन गर्‍यौं।’

जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनमा ६४ हजार ५४ जनाले सीमा वारपार गरेका छन्।

जमुनाहा हेल्थ डेक्सका अहेव कश्यपका अनुसार हरेक दिन भारतबाट नेपाल आउने बढेको बढ्यै छन्। जमुनाहबाट बुधबार सात हजार सात सय २३, बिहीबार आठ हजार ७ सय ५०, शुक्रबार सात हजार सात सय ५९ नेपाली स्वदेश फर्किएका छन्।

सीमामा कोरोना परीक्षणका लागि शुक्रबारदेखि नेपाली सेना पनि खटिएको छ। नेपालगन्ज उपमहानगरपालिकाबाट पनि एक सिफ्टमा दुई जनाका दरले दैनिक आठ जना स्वास्थ्यकर्मी खटिएका छन्। बिहान ६ बजेदेखि राति १० बजेसम्म चार सिफ्टमा स्वास्थ्यकर्मीले कोरोना जाँचिरहेका छन्।

रुपैडियामा कोरोना जाँच गरिरहेको बहराइच जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र चर्दाका इएमटी दीपक मि श्राका अनुसार चार दिनमा ३० हजार भारत प्रवेश गरेका छन्। भारत जाने पनि हरेक दिन बढिरहेका छन्। बुधबार साढे चार हजार, बिहीबार साढे पाँच हजार, शुक्रबार सात नौ हजार र शनिबार १३ हजारभन्दा बढी पुग्ने मिश्राले बताए

भारतबाट हजारौं नेपाली घर फर्किन थालेपछि सुदूरपश्चिममा स्थानीय प्रशासनले संक्रमण हुन नदिन शनिबार विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए।

उनका अनुसार कञ्चनपुरका गड्डाचौकीबाहेक अन्य नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको छ। भीमदत्त नगरपालिकामा रहेको सीएमए छात्रावास र जिल्ला प्रशासनको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिएको उनले बताए।

प्रदेश सरकारले भारतबाट फर्किएका नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ बसिदिन आग्रह गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले सीमा क्षेत्रमा ज्वरो नदेखिएपछि ढुक्क भएकालाई घर गएर केही दिन ‘सेल्फ क्वारेन्टाइन’ बस्न भनेका हुन्।

‘वर्षौंदेखि भारतमा काम गरेर फर्केकाहरूले बुवाआमा, पत्नी, छोराछोरी र छिमेकीलाई जोगाउन पनि घरलाई क्वारेन्टाइन बनाउन आग्रह गर्दछु’, मुख्यमन्त्री भट्टले भने, ‘कोरोनाबाट जोगिन हरेक नेपालीको उत्तिकै जिम्मेवारी छ।’

उनले शनिबार बिहान कैलालीस्थित गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाको स्थिति अवलोकन गरेका थिए। उनले घर जाने बाटोमा रहेका हरेक हेल्थ डेस्कमा झन्झट नमानी ज्वरो मापन गर्न आग्रह गरे।अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्