
काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।
स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
संसदको अवरोध र चुनावबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए ।
बैठक अहिले बिहान ९ बजेपछि बस्ने तयारी छ ।