५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि - News Birat

५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि

न्यूज विराट

काठमाडौं, १७ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । कुल संक्रमितमध्ये २ लाख ५३ हजार १०७ जना निको भएको मन्त्रालयले जनाएको छ । आज ७४८ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

आज काठमाडौं उपत्यकामा १६७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा सबैभन्दा धेरै १३४, ललितपुरमा १८, भक्तपुरमा १५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिलेसम्म कोरोनबाट मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles