घरभित्र र बाहिरका यी ११ स्थानमा दियाे बाल्नु शुभ मानिन्छ

 न्यूज विराट
घरभित्र र बाहिरका यी ११ स्थानमा दियाे बाल्नु शुभ मानिन्छ

काठमाडाैं, २९ कात्तिक-हिन्दु मान्यताअनुसार आज देवी लक्ष्मीको आगमनको दिन हो । लक्ष्मीको स्वागतका लागि घरमा दियो बाल्ने परम्परा छ । यस दिन केही विशेष ठाउँमा दियो बाल्न आवश्यक हुने ज्योतिषाचार्यहरू बताउँछन् । उनीहरूका अनुसार घरका ९ स्थान र घरबाहिरका २ ठाउँ यस्ता छन्, जहाँ दीपवालीमा दियो बाल्नु शुभ मानिन्छ । 

यसको महत्त्व शास्त्र तथा वास्तुमा पनि उल्लेख छ । दियो बाल्ने परम्परामा नियम अलग छ, कुनै ठाउँमा लक्ष्मीलाई पूज्नुभन्दा पहिला र कतै पूजापछि दियो बाल्नुपर्छ ।

आउनुहोस् जानौँ, ती कुन–कुन ठाउँ हुन्, जहाँ दियो बाल्नु शुभ मानिन्छः 

१. सबैभन्दा पहिला दियो घरको मुख्य ढोकाको दुवैतर्फ राखिन्छ । देवी लक्ष्मीले घरमा पहिलो कदम यहीँबाट राख्छिन् भन्ने धार्मिक विश्वास छ । यसरी दियो बाल्दा घरमा सकारात्मक माहौल बन्छ भन्ने मान्यता छ । त्यसैले दीपावलीमा लक्ष्मी पूजाभन्दा अगाडि तोरीको तेलमा जलाइएको बाती घरको मूल ढोकाको दुवैतर्फ राख्न जरुरी छ ।

२. दोस्रो दियो घरको आँगनमा राख्नुपर्छ । घरमा आँगन नभए घरको बीच कोठामा घीउको दियो राख्न सकिन्छ, यो घरको ब्रह्म स्थान मानिन्छ । यहाँ दियो बाल्दा परिवारका सदस्यमा सन्तुष्टि भाव आउने विश्वास छ ।

३. लक्ष्मी पूजाअघि घरको मन्दिरमा पाँच दियो बालिन्छ । योसँगै घरछेउमा मन्दिर छ भने त्यहाँ पनि दियो बाल्न जरुरी छ । मान्यता छ कि यसबाट घरमा समृद्धि आउँछ र परिवारमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

४. लक्ष्मी पूजाअघि चारमुखी दियो, अर्थात् यस्तो दियो जसमा चार बाती जलाइएकाे हुन्छ । यो घरको चारै कुनामा बाल्नुपर्छ । र, भगवान गणेशसँग सुख–समृद्धिको काम गर्नुपर्छ । यसबाट घरलाई एक सुरक्षा कवच मिल्ने विश्वास छ ।

५. लक्ष्मी पूजापछि घरमा तुलसीको बोटमा तेलको दियो राख्नुपर्छ । तुलसी भगवान विष्णुको निकै प्रिय मानिन्छ । तुलसीमा दियो लगाउँदा घरमा शुद्धता र शान्ति कायम रहन्छ भन्ने मान्यता छ ।

६. घरमा पानीको कुनै मुहाननजिक एक दियो बाल्न जरुरी छ । जस्तो कि, कुवा, पँधेरो वा पानीको भाँडाछेउमा । यस्तो स्थानमा दियो राख्दा घरमा पवित्रताको वातावरण कायम रहन्छ । र, घरका सदस्यहरू स्वस्थ रहन्छन् ।

७. घरनजिकै पीपलको रुख छ भने एउटा दियो त्यहाँ पनि जलाउनुपर्छ । पीपलको रुखमा भगवान् विष्णुको वास हुने हिन्दु मान्यता छ । यहाँ दियो बाल्दा घरका समस्या कम हुने विश्वास छ ।

८. लक्ष्मी पूजापछि दुई दियो घरको भान्छामा पनि राख्नुपर्छ । यसबाट देवी अन्नपूर्णा प्रसन्न हुन्छिन् र घरको अन्न भण्डारमा वृद्धि हुने विश्वास छ ।

९. लक्ष्मी पूजापछि भगवान् कुशेरको प्रार्थना गर्दै घरको बाक्सा, दराज वा सन्दुकनजिकै दियो बाल्नुपर्छ । यसबाट घरको समृद्धि कायम रहन्छ ।

१०. घरनजिकै चौबाटो छ भने त्यहाँ पनि दियो बाल्नुपर्छ । चौबाटोमा दियो राखेर घर फर्किँदा पछाडि फर्केर हेर्न हुँदैन । चौबाटोमा दियो बाल्दा समस्याहरू काम हुने विश्वास छ ।

११. यसबाहेक घरको आसपास कतै अँधेरो देखिने ठाउँ छ भने दियो बालेर उज्यालो पार्न आवश्यक छ । यसबाट घर छेउछाउको नकारात्मकता कम हुन्छ ।

सम्बन्धित समाचार

बन्धन सिमेन्ट अब पीपीसीमा पनि

विराटनगर, फागुन २६–नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट अब पीपीसीमा पनि उत्पादन हुने भएको छ । बन्धन सिमेन्ट ओपीसी र पिएससीमा उत्पादन हुँदै आएकोमा अब पीपीसीमा पनि उत्पादन हुनथालेको कम्पनीले जनाएको हो । पूर्वी...

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी अनुसन्धान प्रतिवेदन फिर्ता

एजेन्सी, जेठ २३-मलेरियाको औषधि हाइड्रोक्सिक्लारोक्विन कोरोना भाइरसका विरामीको उपचारमा घातक रहेको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन फिर्ता लिइएको छ । हाइड्रोक्सिक्लोक्विन औषधि कोरोना भाइरसका संक्रमितलाई दिएमा मृत्यु हुने  वा मुटुमा समस्या आउने जोखिम रहेको सो प्रतिवेदनमा औल्याइएको...

सवारी दुर्घटनाबाट ८ महिनामा ५३ जनाको मृत्यु

विराटनगर, फागुन ३०–मोरङमा पछिल्लो ८ महिनामा सवारी दुर्घटनामा परी ५३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा मोरङमा ५३ जनाको मृत्यु भएको छ भने ४ सय ५२ जना घाइते भएको जिल्ला ट्राफिक...

जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग

  पथरी, ३ चैत । विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । आइतबार नयाँ शक्ति पार्टी नगर समितिले पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत् विना काम तलब...

भोलिसम्म एसईईको परीक्षा तालिका प्रकाशित गर्ने

काठमाडौं, माघ २६।  राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँकाअनुसार आउँदो बैशाख...

मन्त्री घिमिरेद्धारा योजना अनुगमनलाई निरन्तरता

विराटनगर, १० साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिएका छन् । उनले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन गर्दै आएका छन् । आर्थिक वर्ष २०७६/०७७...

बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

सुनसरी । मोरङको स्ुन्दरहरैचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौं शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा...

सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा अनिवार्य भन्सार तिराइन्छ

७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले हप्ताभरि विभिन्न कार्यक्रम गरी आज मनाउँदैछ । हप्ताभरि गरेका कार्यक्रम बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी समापन भएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्