बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

 न्यूज विराट
बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

सुनसरी । मोरङको स्ुन्दरहरैचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौं शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफनो आठौ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ।

सेफ्स बर्गर’ का सञ्चालक महेन्द्र तामाङले सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै आठौ आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले चाँडै धरान, दमक, इटहरी, विराटनगरमा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।

सेफ्स बर्गर बैदेशिक रोजगारमा गएर होटल व्यावसायको शिप सिकेर आफनै देश फर्केका नेपाली युवा( सेफ) हरुले स्थापना गरेको खाद्य परिकार बिक्रि गर्ने रेष्टुरेन्ट कम्पनी हो । दुबईमा रहेको पाँचतारे होटल जुमेरा टावरमा १५ बर्ष भन्दा बढि सेवा गरेका नेपाली युवाहरु संखुवासभा धर्मदेवी नगरपालिका–८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढीका महेन्द्रमान तामाङ र सुरज तामाङस्वदेश फर्केपछि २०७५ सालदेखी चेन ब्राण्ड रेष्टरेन्ट सेफ्स बर्गर स्थापना गरेर देशभरि विस्तार गर्ने अभियानमा लागेका हुन् ।
अमेरिकन येल्लो बर्गर चिज र झुरुमझूरुम स्वादको ‘थिन एन्ड क्रस्टी’ पिज्जाको परिकार सेफ्स बर्गरका विशेषता हुन् ।

सम्बन्धित समाचार

उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक

भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...

देशभर थप १ हजार १७० जनामा कोरोना पुष्टि

काठमाडौं, २९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

बजेटबारे निजी क्षेत्रसँग कांग्रेसको छलफल : ‘सर्भाइभ’ र ‘रिभाइभ’मा सरकारको सहयोग आवश्यक

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । कांग्रेसले बुधबार पार्टी कार्याल सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरूको नेतृत्वसँग छलफल गरेको हो । छलफलमा...

अमेरिकी गुप्तचरले भने– कोरोना भाइरस मानव निर्मित होइन

एजेन्सी, बैशाख १९-कोरोना भाइरसको उत्पत्तिका विषयलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका बेला अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । यूएस...

बनारस पुगे प्रधानमन्त्री देउवा, आदित्यनाथले गरे स्वागत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । बनारसमा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । भारत सरकारले विशेष विमानबाट...

प्रदेश ५ ले गर्‍यो गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

काठमाडौं, ८ जेठ-रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ ।  प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।...

युवा तथा खेलकुद क्षेत्रकाे बजेट घट्याे

काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन...

डडेल्धुराका युवकले जिते कोरोना

डडेल्धुरा, १९ जेठ-डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोनालाई जितेका छन् । जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-१० का २८ वर्षीय युवकले कोरोना जितेका हुन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ पटक रिपोर्ट नेगेटिभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्