मन्त्री घिमिरेद्धारा योजना अनुगमनलाई निरन्तरता

 न्यूज विराट
मन्त्री घिमिरेद्धारा योजना अनुगमनलाई निरन्तरता

विराटनगर, १० साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिएका छन् । उनले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन गर्दै आएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको अनुगमन गरिएको छ ।

मन्त्री घिमिरेले विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ नम्वर वडाका योजनाहरुको अनुगमन सकेका छन् । हरेक शनिबार मन्त्री घिमिरेले योजनाको अनुगमन र निर्वाचन क्षेत्रका बासिन्दासँग छलफल गर्दै आएका छन् ।

कार्यक्रम, योजनाका बारेमा स्थानीयबासीका सुझाव र सल्लाह अनुसारको योजना बनाउने गरेको मन्त्री घिमिरेले बताए । उनले हरेक शनिबार योजना अनुगमन र स्थानीयसँगको छलफल अन्र्तक्रियालाई निरन्तरता दिने बताए ।

अनुगमनमा मन्त्री घिमिरेसँगै स्थानीयवासी, उपभोक्ता समितिका सदस्यहरु पनि सहभागी हुने गरेका छन् । सामाजिक विकास मन्त्री घिमिरेले शनिबार विराटनगर १ अन्र्तगतका कार्यक्रम तथा योजनाहरुको अनुमगनका साथै जेष्ठ नागरिकहरुसँग छलफल पनि गरेका छन् ।

जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि वजेट उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । मन्त्री घिमिरेले विराटनगर १ मा बाढीले कटान गरेको स्थानको पनि अनुगमन गरे । कटानले स्थानीय मञ्जु अधिकारीको घरमा क्षति पुगेकाले कटान नियन्त्रणका लागि ५ लाख उपलब्ध गराईएको छ ।

सांसद विकास कोष अन्र्तगत गत आर्थिक वर्षमा वडा नं. १ मा विष्णुमायाँ सामुदायिक भवनका लागि १५ लाख, विजयपुर टोल हुँदै जानकी मार्गमा वाल र तथा ग्राभेल सडकका लागि ५ लाख, चिनारी मार्ग पिच सडकका लागि १५ लाख, चिनारी मार्ग रिटेनिङ वाल निर्माणका लागि ७ लाख, शिव मार्ग नाला र ढलानका लागि ७ लाख ५० हजार, जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि २ लाख, शिव आधारभुत विद्यालयको घेरावाराका लागि ५ लाख, राधाकृष्ण भूपालमानसिंंह कार्की माविमा सूचना प्रविधि कार्यक्रमका लागि ६५ हजार, पाथिभरा मन्दिर जाने सडक निर्माणका लागि २० लाख, दुर्गा मन्दिर जाने सडक निर्माणका लागि ४५ लाख वजेट विनियोजन गरिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार गत आर्थिक वर्षका योजनाहरु सम्पन्न भएका छन् ।

सम्बन्धित समाचार

गृहमन्त्रीमा बादल पुन: नियुक्त

नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वत: पदमुक्त भएका थिए...

एकै पटक १७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ वैशाख-एकैपटक १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार...

आउँदो ३ दिन वर्षा र बाढीको सम्भावना

काठमाडौं, २० असार-आउँदो ३ दिन बदलीसहित देशभर वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आगामी ३ दिन देशभरी नै वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै केही दिन...

अजय राज हस्पिटलमा विरामीलाई निःशुल्क एम्बुलेन्स

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेका छन् । हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो ।...

भण्डारी दम्ततीको सहयोगमा आरम्भले दियो राहत

विराटनगर, जेठ १७–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेका छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी...

रुकुम हत्याकाण्डका दोषिलाई कडा कारबाही गर्न माग

विराटनगर, जेठ १५– कोभिड–१९ विरुद्ध राष्ट्रिय अभियानले रुुकुम पश्चिम चौरजहारी हत्या काण्डको छाविन गरि दोषि उपर कडा कानुनी कारवाही गर्न माग गरेको छ । अभियानमा आवद्ध अढाई दर्जन संघ संस्थाहरुले संयुक्त रुपमा ११ सुत्रिय मागसहितको...

एभरेष्ट सिङ्गिङ आइलड, फाइनलमा १५ जना छनौट

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् । कक्षा १ देखि ५,...

मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्