बन्धन सिमेन्ट अब पीपीसीमा पनि

 न्यूज विराट
बन्धन सिमेन्ट अब पीपीसीमा पनि

विराटनगर, फागुन २६–नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट अब पीपीसीमा पनि उत्पादन हुने भएको छ । बन्धन सिमेन्ट ओपीसी र पिएससीमा उत्पादन हुँदै आएकोमा अब पीपीसीमा पनि उत्पादन हुनथालेको कम्पनीले जनाएको हो ।

पूर्वी नेपाललाई आफ्नो विशेष पकड क्षेत्र बनाएर सिमेन्ट उत्पादन गर्दै आएको नेपाल अल्ट्राटेक सिमेन्टले पीपीसी सिमेन्टमा पनि ओपीसी र पिएससीजस्तै गुणस्तरमा सिमेन्टको उत्पादन हुने कम्पनीले दाबी गरेको हो ।बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए ।

बन्धन सिमेन्टको ओपीसी र पीएससी सिमेन्टको सफलता र ग्राहकहरुबाट बन्धन पीपीसी सिमेन्टको खोजी गरिएकाले आफूहरुले उत्पादन सुरु गरेको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले बताए । मारुले विश्व बजारमा १५ भन्दा बढी प्रकारका सिमेन्टहरूको प्रयोग भएको बताए । साथै नेपालमा भने तीन प्रकारका सिमेन्ट प्रयोगमा आएको उनको भनाइ छ । कम्पनीले बन्धन सिमेन्टलाई ओपीसी, पीपीसी र पीएससी नै मुख्य उत्पादन बनाएको जानकारी दिए ।

नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट पीपीसी र ओपीसी हो भने पछिल्लो समय पीएससी सिमेन्टको माग पनि उच्च रहेको मारुले बताए । पीपीसी सिमेन्टमा ७७ प्रतिशत क्लिंकर र २३ प्रतिशत अन्य सामग्रीहरू प्रयोग गरिएको हुन्छ । जसले गर्दा सिमेन्ट सेट हुन केही दिन लाग्ने गर्छ । पीपीसी सिमेन्ट घरको प्लास्टर गर्दा र इँट्टाको गाह्रो लगाउँदा बढी प्रयोग गरिन्छ । प्रायः बालुवा मात्रै मिसाएर प्रयोग गरिने संरचनामा यो सिमेन्टको प्रयोग गर्नुपर्छ । ओपीसी सिमेन्टमा ९८ प्रतिशतसम्म क्लिंकर र २ प्रतिशतसम्म मात्रै अन्य चिप्सहरू प्रयोग गरिने भएकाले ओपीसी सिमेन्टमा क्लिंकरको मात्रा धेरै हुने अध्यक्ष मारुले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College