प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र तेह्रथुममा १÷१ र प्रदेश १ बाहिरका २६ जनामा कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९, सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६÷६, धनपालथान र बेलबारीमा ५÷५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४÷४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजिटभ आएको छ ।

त्यस्तै झापाको दमकमा ७५, विर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४÷४, शिवसताक्षी र हल्दिबारीमा ३÷३, बाह्रदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १÷१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहवी, गढी, बर्जु र देवानगञ्जमा २÷२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५, धनकुटाको धनकुटा नगरपालिकामा ३ र शहिदभूमीमा १, भोजपुरमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, पाँचथरको फिदिम, खोटाङको दिप्रङ चुईचुम्वा र तेह्रथुमको म्याङलुङमा १÷१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ५३ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार एकैदिन ६ सय १९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ९५, मेची अस्पतालबाट १३, न्युरो अस्पतालबाट ८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ७ सय ९८ पुगेको छ । प्रदेश १ मा शुक्रबार १ हजार ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ सय २३ महिला र ३ सय ४६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख ५८ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग, फोनिज मोरङले बुझायो ज्ञापन पत्र

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक...

विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

विराटनगर, ३ असोज–संविधान दिवसमा जनता समाजवार्दी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संविधानमा मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अधिकार नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको हो । संविधान दिवसलाई कालो दिनका रुपमा...

कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका...

दिल्ली हिंसा : कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न निर्देशन

काठमाडौं, फागुन १४–हिंसा भड्काउन उक्साएको आरोपमा दिल्ली उच्च अदालतले सत्तारूढ भारतीय जनता पार्टीका नेता कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न प्रहरीलाई निर्देशन दिएको छ । पछिल्लो घटनाक्रम र कारबाहीप्रति असन्तुष्टि जनाउँदै अदालतले भाजपाका नेता...

वित्तीय कारोबारलाई चलायमान राख्न जुट्यो राष्ट्र बैंक

काठमाडाैं, ४ वैशाख-कोरोनाका कारणा देश नै लकडाउनकाे अवस्थामा रहेकाे बेला कारोबार घट्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित भएर सक्रिय रहन आग्रह गरेको छ । लकडाउनका कारण बैंकिङ कारोबार घट्नुका साथै बैंकिङ तथ्यांकको अभाव...

आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू, एक सय बढी किशोरीको सहभागि

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो...

कोरोनाको उपचार प्रवन्ध गर्न प्रदेश १ सरकारद्धारा एकीकृत कार्ययोजना तयार

विराटनगर, फागुन २९–कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश–१ सरकारले एकीकृत कार्ययोजना तयार पारेको छ । आज प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सरकारले कार्ययोजना सार्वजनिक...

सकियो तीन दिने सेल्फ डिफेन्स तालिम

विराटनगर । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्