कोरोनाको उपचार प्रवन्ध गर्न प्रदेश १ सरकारद्धारा एकीकृत कार्ययोजना तयार

 न्यूज विराट
कोरोनाको उपचार प्रवन्ध गर्न प्रदेश १ सरकारद्धारा एकीकृत कार्ययोजना तयार

विराटनगर, फागुन २९–कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश–१ सरकारले एकीकृत कार्ययोजना तयार पारेको छ । आज प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सरकारले कार्ययोजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले २३ बुँदे कार्ययोजनामा एकीकृत कार्ययोजनामा सही सूचना सम्प्रेषणदेखि संक्रमितहरुको गोपनीयता राख्नेसम्मका योजना रहेको जानकारी दिए । मुख्यमन्त्री राईले कोरोना भाइसरलाई भिसा टिकट नचाहिने भएकाले जुनसुकै बेला संक्रमण हुने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थित कार्ययोजना तयार पारेको जानकारी दिए ।

कार्ययोजनामा व्यक्तिगत सरसफाईबारे सचेतना फैलाउने, अन्तराष्ट्रिय र प्रदेश नाकाहरु र विमानस्थलहरूमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, शंकास्पद व्यक्तिलाई त्यस्तो डेस्कबाट क्वारेन्टाइन वा आइसोलेसनसम्म पु¥याउने प्रबन्ध पनि गरिएको छ ।

यस्तै प्रदेशका विभिन्न अस्पतालमा आइसोलेसन बेडको स्थापना गर्ने पनि कार्ययोजनामा उल्लेख छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले नेपालमा कोरोनाको संक्रमण नदेखिएको र नेपालसँगको भारतीय सीमा नाका आसपासमा पनि कोरोना नदेखिएकाले ढुक्क हुने अवस्था रहेको दावी गरे ।

कार्ययोजनामा स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । यी सबै काम सम्पन्न गर्न मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशन समिति पनि गठन गरिने प्रदेश सरकारले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्