आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू, एक सय बढी किशोरीको सहभागि

 न्यूज विराट
आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू, एक सय बढी किशोरीको सहभागि

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचीव पुर्शराम बस्नेत (कृष्ण) बस्नेतले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मरक्षाको लागि यस्तो तालिमले ठूलो सहयोग पुग्ने बताए । उनले तालिममा सहभागीहरूलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे । उनले तालिमसँगै हिंसा विरुद्ध सचेतना पनि फैलाउन आवश्यक रहेको बताए । हिंसा न्यूनीकरणको लागि शिक्षासँगै आत्मरक्षा तालिम जरूरी भएको बताए । ‘आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो, ‘ उनले भने ।

कार्यक्रमको संयोजक तथा नेपाल खेलकुद महासंघकी स्थाइ कमिटि सदस्य सन्तोषी श्रेष्ठले महिलाहरुलाई सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुर्याउने बताइन् । यस्तो तालिम प्रदेश सरकारले गरिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइन् । ‘महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गर्नेबारेमा प्रशिक्षण दिइएको हो,’ उनले भनिन्, ‘आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्यास समेत गराइन्छ,’ उनले भनिन् ।

आत्मरक्षा तालिममा मोरङका सामुदायिक विद्यालयका ८, ९, १० र १२ कक्षामा अध्ययरत १०८ जना किशोरीहरुको सहभागि रहेको छ । तीन दिनसम्म संचालन हुने तालिमको प्रशिक्षकहरुमा चन्द्रकला प्रसाइ, मनकुमारी लिम्बु, पवित्रा शर्मा र योग प्रशिक्षकमा लक्ष्मि घिमिरे रहेकी छिन् ।
तालिमको उद्घाटन शत्रमा नेपाल खेलकुद महासंघका स्थाइ कमिटि सदस्य रोहित कोइराला, थरुराज भण्डारी, जिल्ला अध्यक्ष मनोज खड्कालगायतको उपस्तिथी रहेको थियो ।

सम्बन्धित समाचार

चितवनका १ सङ्क्रमित कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

चितवन, १३ वैशाख-कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका २ जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । २ पटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै...

चैतयता एक्टिभ ६४ हजार मोबाइल नम्बर सेनाको निगरानीमा

काठमाडौं, १० बैशाख-नेपाली सेनाले ६४ हजार मोबाइल नम्बरमाथि अनुसन्धान थालेको छ । चैत महिनायता एक्टिभ भएका मोबाइल नम्बरमाथि सेनाले अनुसन्धान गर्न थालेको हो । चैत महिनायता एक्टिभ भएका नम्बरहरू अधिकांश विदेशबाट आएका मानिसले चलाएको आशंका...

नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, १५ असार-ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो । प्रमुख गेलालले, ‘उनमा...

कोशी प्रदेश विरुद्ध आन्दोलन : किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष पनि पक्राउ, पक्राउ पर्नेको संख्या २६ पुग्यो

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि...

चीनबाट खरिद गरिएका स्वास्थ्य उपकरणबारे प्रचण्डको चासो

काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो...

विराट नर्सिङ होम शिल

विराटनगर, साउन ८–विराटनगरस्थित विराट नसिङ होममा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि अनिश्चितकालको लागि अस्पतला बन्द गरिएको छ । अर्को निर्णाय नभएसम्मको लागि विराट नर्सिङ होम शिल गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख...

मोरङको कटहरीमा महिलालाई नेतृत्वमा विकास तालिम

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ मा महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ । कटहरी गाउँपालिका र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शुक्रबार उक्त तालिम भएको हो । तालिमको उदघाटन कटहरी गाउँपालिका अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्