विराटनगर, १८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा एक र प्रदेश बाहिरका ४ काजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा दुई महिला ८ पुरुष, कटहरीमा एक महिला एक पुरुष, बुढीगंगामा एक महिला एक पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा छ महिला आठ पुरुष, बर्जुमा दुई महिला दुई पुरुष, देवानगञ्जमा एक महिला र स्थानीयतह नखुलेका दुई महिला दुई पुरुष, झापाको विर्तामोडमा तीन महिला सात पुरुष, दमकमा दुई महिला पाँच पुरुष, कनकाईमा एक पुरुष, खोटाङको जन्तेढुङ्गामा दुई महिला दुई पुरुष, स्थानीयतह नखुलेका एक महिला, उदयपुरको कटारीमा एक पुरुष र प्रदेश १ बाहिरका चार पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार पुष्टि भएकासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।
प्रदेश १ मा आइतबार हालसम्मकै धेरै डिस्चार्ज भएका छन् । आइतबार एकैदिन तीन सय ६३ जना डिस्चार्ज भएका हुन् । होम आईसोलेसनबाट तीन सय ४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट आठ, मेची अस्पतालबाट सात र विराट मेडिकल कलेजबाट दुई जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या चार हजार ८८ पुगेको छ । प्रदेश १ मा हालसम्म एक लाख २७ हजार पाच सय ५६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।