पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग - News Birat

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग

न्यूज विराट

काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ (पृथ्वी जयन्ती) मा सार्वजनिक बिदा दिन माग गरेका हुन् ।

राप्रपाका नेता मोहन श्रेष्ठले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रूपमा मनाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको बताए ।

‘हामीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रुपमा मनाउन प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र पनि बुझाएका छौँ,’ उनले भने ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे, मोहन श्रेष्ठलगायतका राप्रपाका नेताहरू बालुवाटार पुगेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles